सीमा नाकामा अवरोध कायमै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सीमा नाकामा अवरोध कायमै



काठमाडौं । भारतसंगको सीमा नाकामा जारी अवरोधका माझ मालबाहक सवारीसाधनको आवतजावत खुकुलो पार्न सहजीकरण गर्ने भनी दिल्लीले आश्वासन दिएको भोलिपल्ट आइतबार नाका अवरोधको अवस्थामा धेरै परिवर्तन देखिएन।

मुख्य भन्सार नाका वीरगञ्ज ठप्प नै रह्यो भने विराटनगरमा खुकुलो पार्ने सहमति दुई देशका स्थानीय अधिकारी माझ भएको खबर आयो।

अन्य पूर्व तथा पश्चिमका नाकाहरुमा विस्तारै केही रोकिएका मालवाहक ट्रक, ट्यांकर तथा कन्टेनरहरु नेपाल भित्रिन थालेका छन्।

पश्चिमको सुनौली नाका भारतीय पक्षले पाँच दिन अघि देखि नै केही खुकुलो पार्दै आएको भए पनि नेपालका लागि सामान लिएर आएका मालवाहक ट्रक तथा कन्टेनरको त्यहाँ लामो लाइन देखिन्छ ।

प्रकाशित : १७ आश्विन २०७२, आईतवार १५:४४