धेरै साथीहरुले प्रधानमन्त्रीमा मेरो नाम लिन थालेका छन ः अर्थमन्त्री डा महत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

धेरै साथीहरुले प्रधानमन्त्रीमा मेरो नाम लिन थालेका छन ः अर्थमन्त्री डा महत



काठमाडौ । अर्थमन्त्री डा रामशरण महतले आफू पनि कांग्रेसको तर्फबाट नयाँ संविधान अनुरुप बन्ने सरकारको नेतृत्व गर्न अग्रसर रहेको धारणा व्यक्त गर्नुभएको छ । विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो, मेरो पनि नाम प्रधानमन्त्रीमा चर्चामा रहेको छ, धेरै साथीहरुको जोड पनि अव पार्टीबाट मैले नेतृत्व गर्नुप¥यो भन्ने चाहना रहेको पाएको छु । त्यसैले बहुमतीय सरकारको नेतृत्वमा आफूलाई पनि उभ्याउने इच्छा भएको हो ।


नयाँ सरकारको नेतृत्वबारे पार्टीले निर्णय गरिनसकेको जानकारी दिदै अर्थमन्त्री डा महतले चाँडै बस्ने केन्द्रीय समिति बैठकले यसबारेमा निर्णय गर्ने स्पष्ट पार्नुभयो । उहाँको भनाई थियो, पार्टीका धेरै साथीहरुबाट मलाई पनि प्रधानमन्त्रीको दावेदारी प्रस्तुत गर्न दबाब आइरहेको छ । सबै साथीहरुसँग यसबारेमा छलफल गरेर अगाडि बढ्नेछु । भरसक सहमतिका लागि पहल हुनेछ र नभएमा बहुमतीय चयन प्रक्रियाबाट नयाँ प्रधानमन्त्री आउनेछन । अर्थमन्त्री डा महतले भन्नुभयो, पार्टीमा यसबारेमा कुरा राख्नेछु, छलफल गर्नेछु । पार्टीमा गरेको त्याग, योगदान र वरिष्ठताका आधारमा अव आफूले पनि प्रधानमन्त्रीमा दाबी गर्ने समय आएको उहाँले बताउनुभयो । अर्थमन्त्री डा महतले भन्नुभयो, म पनि प्रधानमन्त्रीको प्रवल दावेदार हुँ ।
एमालेका अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएकोबारे पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा उहाँले भन्नुभयो, कसैलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएको जस्तो लाग्दैन । कुनै सहमतिका बूँदामा लेखिएको मैले देखेको छैन । आगामी साताभित्र कसैको पक्षमा सहमति बन्छ भने कांग्रेस त्यसमा बाधक नबन्ने अर्थमन्त्री डा महतको भनाई थियो ।
अर्थमन्त्री डा महत जैन चतुर्मासमा जैन भारती संस्थानको नवौं दीक्षान्त समारोहमा मुख्य अतिथिको रुपमा भाग लिन विराटनगर पुग्नुभएको थियो । आचार्य महाश्रमणमो सान्निध्यमा दीक्षान्त समारोहमा पीएचडी, स्नातकोत्तर र स्नातक विद्यार्थीहरुलाई प्रमाणपत्र पनि प्रदान गर्नुभएको थियो ।

प्रकाशित : १७ आश्विन २०७२, आईतवार १५:५९