वार्तालाई परिणाममुखी बनाउः महासंघ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

वार्तालाई परिणाममुखी बनाउः महासंघ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले तराईमा जारी आन्दोलनको अन्त्य गर्ने सरकार र आन्दोलनरत दलहरु बीच जारी वार्ताको स्वागत गर्दै तत्काल वार्तालाई परिणाममुखी बनाई मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाउन आग्रह गर्ने भएको छ ।  महासंघ कार्यकारिणी समितिको १० औं बैठकले उक्त निर्णय गरेको हो ।

महासंघका अध्यक्ष पशुपति मुरारकाको अध्यक्षतामा  बसेको बैठकले जारी वार्तालाई निष्कर्शमा पुर्याई छिटो भन्दा छिटो समस्याको समाधान निकाली मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाउन सरकार तथा आन्दोलनरत दलहरुलाई अनुरोध गर्ने समेत गर्ने निर्णय गरेको छ । त्यस्तै डेढ महिना भन्दा बढी समयदेखि जारी आन्दोलनबाट मुलुक गम्भीर आर्थिक संकटमा पर्ने तर्फ चिन्ता प्रकट गर्दै अर्थतन्त्रलाई दूर्घटनाबाट बचाउन सरकारका तर्फबाट तत्काल राहतका प्याकेज घोषणा गर्न माग गर्ने समेत बैठकले माग गरेको छ ।

त्यस्तै बैठकले महासंघको विशिष्ट सदस्यमा महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र कार्यकारिणी समितिको सदस्यमा उद्योगपति कुमुदकुमार दुगडको मनोनयनलाई बैठकले अनुमोदन गरेÞको छ ।

बैठकमा महासंघका पूर्व अध्यक्षहरु रविभक्त श्रेष्ठ, चण्डिराज ढकाल, कुशकुमार जोशी, पदाधिकारीहरु, कार्यकारिणी समितिका सदस्यहरु उपस्थित रहेको थियो ।

प्रकाशित : १७ आश्विन २०७२, आईतवार १६:०७