नबिलले ३६ प्रतिसतको लाभांस दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नबिलले ३६ प्रतिसतको लाभांस दिने



काठमाडौं । नबिल बैंक लिमिटेडले लगानीकर्तालाई ३६ प्रतिसतको लाभांस प्रस्ताव गरेको छ। असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले ३० प्रतिसतको बोनस शेयर र कर समायोजनको लागि ६ दशमलब ८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सो प्रस्ताव राष्ट्र बैंकबाट स्विकृत भएमा र बैंकको साधारणसभाबाट पारित भएमा शेयरधनीलाई वितरण गरिनेछ । गत आर्थिक बर्षको अन्तिम त्रैमासमा नबिल बैक लिमिटेडले २ अर्ब ९ करोड खुद मुनाफा कमाउन सफल भएको छ, जुन गत बर्ष भन्दा ९ दशमलब ५३ प्रतिशतले घटेको थियो । अघिल्लो आर्थिक बर्षमा २ अर्ब ३१ करोड खुदनाफा कमाएको थियो। खुद मुनाफा घटेपनि निजि स्तरमा संचालित बैंक मध्ये अग्रस्थान मै रहेको छ ।

३ अर्ब ४ करोड चुक्ता पुंजी रहेको बैंकले निक्षेपमा ३८ दशमलब २७ प्रतिसतले वृद्धि गरि १ खर्ब ४ अर्ब रुपैयाँ पुर्याउन सफल भएको छ ।त्यस्तै बैकको जगडाकोष समेत १ दशमलब ९८ प्रतिशतले बढेर ६अर्ब ८२ करोड नाघेको छ । घिल्लो बर्ष २ दशमलब २३ प्रतिशत खराबकर्जा रहेको बैंकको गतबर्षको चौथो त्रैमासको अन्त्य सम्ममा १ दशमलब ८२ प्रतिशतमा झरेको थियो ।

प्रकाशित : १७ आश्विन २०७२, आईतवार १६:४०