गभर्नरलाई भेटेर केके मागे बैंकर्सले « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गभर्नरलाई भेटेर केके मागे बैंकर्सले



Nepal-Rastra-Bank_Panorama1_20111122085657काठमाडौं । लामो समय देखिको तराई  बन्द र करिब दुई साता यता देखिको भारतीय अघाषित नाकाबन्दीले उद्योगधन्दा ठप्प हुँदा बैंकिङ क्षेत्रको जोखिममा परेको भन्दै बैंकर्सले केन्द्रिय बैंक गुहार्न पुगेका छन् । बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेल, विकास बैंक संघका अध्यक्ष कृष्णराज लामिछाने र वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरको नेतृत्वमा तीन वटै संघका पदाधिकारीहरुले गभर्नर भेट्न गएका हुन् ।

सामूहिक रुपमा गभर्नरलाई भेट्न गएका बैंकर्सहरुले आज गभर्नर डा. चिरञ्जिीवी नेपाललाई भेटेर दुई महिनादेखि तराई जारी आन्दोलनका कारण उद्योगधन्दा पुरै ठप्प हुँदा बैंकको ऋण जोखिममा परेको भन्दै केही केन्द्रिय बैंकबाट सहुलियतहरु माग गरेका छन् । उनीहरुले झण्डै दुई महिना देखि तराईमा जारी आन्दोलनले उद्योग धन्दा चल्न नसेकेको अवस्थामा भारतीय पक्षले अघोषित रुपमा लगाएको नाकाबन्दीले उद्योग व्यवसायमा थप समस्या सिर्जना गरेको भन्दै यसबाट राष्ट्र बैंकले केही सहुलियत दिनुपर्ने माग गरेका छन् ।

बैंकरहरुले खासगरी ऋणको पुनर्संरचना, किस्ताको समय बृद्धि, जरिवाना ब्याज मिनाहा लगायत उद्योगधन्दा चौपट हुन लागेकाले केन्द्रीय बैंकका तर्फबाट केही छुट तथा सुविधाहरु दिन आग्रह गरेका छन् ।

त्यस्तै गभर्नर नेपालले तीन वटै संघ मिलेर के–कस्तो सुविधा आवश्यक पर्ने हो, त्यो लिखित रुपमा ल्याउन भन्दै आफूले सकेसम्म मागलाईसम्वोधन गर्ने बताएका छन् ।

भेटमा राष्ट्र बैंकको तर्फबाट डेपुटी गभर्नर महाप्रसाद अधिकारी, नियमन विभाग प्रमुख शिवनाथ पाण्डे, बैंकिङ सुपरिवेक्षण विभाग प्रमुख नारायण पौडेल, गभर्नर कार्यालयका कार्यकारी निर्देशक पंगेनीलगायत सहभागी थिए । गभर्नरसँगको भेटमा मेगा बैंकका अनिल शाह, एनबी बैंकका ज्ञानेन्द्र ढुंगानालगायतले पनि आफ्नो समस्याहरु राखेका थिए ।

प्रकाशित : १७ आश्विन २०७२, आईतवार १६:४३