प्रधानमन्त्रीस्तरमा नै समाधान खोजिने तीनदलको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रधानमन्त्रीस्तरमा नै समाधान खोजिने तीनदलको निर्णय



काठमाडौं। प्रमुख तीन दलले भारतले अघोषित नाकाबन्दी हटाएको भनेर झुक्याएको भन्दै गम्भीर आपत्ति जनाएका छन् । प्रमुख तीन दलको सोमबार बालुवाटारमा बसेकोे बैठकमा नाकाबन्दीबारे गम्भीर छलफल भएको नेताहरुले बताएका छन् । अब यो विषयमा दुई देशका प्रधानमन्त्रीस्तरमै छलफल गर्ने बैठकको निर्णय छ । कांग्रेस, एमाले र एमाओवादीको बैठकले तत्काल समस्या समाधानका लागि उच्चस्तरमा कुरा गर्ने निर्णय गरेको छ । यो भनेको दुई देशका प्रधानमन्त्री स्तरमै वार्ता गर्ने भएको नेताहरुले बताएका छन् । नेपालको आन्तरिक मामिलालाई लिएर नाकाबन्दी गर्नु र पछि हटाएको भनी झक्याउनु पनि गम्भीर रहेको तीनदलको बुझाई छ ।

नयाँ संविधानमा मधेसका केही मुद्दा सम्बोधन नभएको भन्दै एकातीर तराई क्षेत्र महिनौ देखि बन्द रहेकोमा भारतले पनि त्यसकै समर्थनमा दुईसातादेखि अघोषित नाकाबन्दी लगाउँदै आएको छ । शनिबार सीमा नाकाहरुमा आवागमन सहज बनाउन निर्देशन  भनिएपनि त्यसो हुन सकेको छैन् । अहिले पनि सीमामा अवरोध जारी छ भने आइओसीले अहिले पनि नेपाललाई पेट्रोलियम पदार्थ दिएको छैन ।

प्रकाशित : १८ आश्विन २०७२, सोमबार ११:५५