इन्धनको अभावमा किसानको दुध बिक्रिमा समस्या « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

इन्धनको अभावमा किसानको दुध बिक्रिमा समस्या



157145202

काठमाडौं । तराई आन्दोलन र भारतको अघोषित नाकाबन्दीले इन्धन ढुवानीमा समस्या भएकको कारण  किसानले उत्पादन गरेका दुध बिक्रि वितरणमा समस्या आएको छ ।

दुग्ध उत्पादक सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुद्धारा संकलन गर्ने र संकलित दुध दुग्ध विकास संस्थान तथा निजी क्षेत्रका डेरी लगायत सहकारी क्षेत्रका साना दुग्ध उद्योगलाई आपूर्ति गर्दै आईरहेकोमा इन्धन ढुवानीको अभावको कारण दुध बिक्न छाडेको किसानहरुको गुनासो छ ।

नेपालको विभिन्न जिल्लाहरु जस्तै मकवानपुर, दोलखा, मोरङ, सुर्खेत, बाग्लुङ, कास्की, तनहूँ, सिन्धुली, बाँके गोरखा, पाल्पा, स्याङ्जा, नवलपरासी लगायत थुप्रै जिल्लामा दुध ढुवानीमा समस्या देखिएको छ ।

दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले तराई बन्द र पेट्रोल, डिजेल लगायत इन्धन अभावका कारण दैनिक ३ लाख लिटटर दुध थन्किएको बताए । तराईमा भएको आन्दोलनका कारण केहि उद्योगहरुले बजारमा दुध नबिक्ने भन्दै किसानहरुको दुध किन्न चाहिरहेका छैनन् । देवकोटाका अनुसार पाउडर बनाउन दैनिक १ लाख लिटर सम्म दुध किनिरहेको तिचतवन मिक्सलगायत अन्य दुग्ध उद्योगहरु तराई आन्दोलन र इन्धन अभावको कारण बन्द भएका छन् भने केहि उद्योगहरुले दुध खरिद गरीरहेका छन् ।

केन्द्रिय दुग्ध सहकारी संस्थाका अनुसार ईलाकामा दैनिक २० हजारदेखि ४० हजार लिटर, भाmपा, सुनसरी र धनकुटामा ३० हजार, सर्लाही र रौतहटमा २० हजार र मकवानपुरमा दैनिक २५ हजार दुध स्टक हुँदै आएको छ । काभ्रृमा दैनिक १ लाखदेखि डेढ लाख लिटर दुध स्टक भएको छ भने नवलपरासी,रुपन्देहीको पनि अवस्था उस्तै रहेको छ ।
तराईका अधिकांश दुग्ध उद्योगहरु बन्द भएको छ । राजधानीका दुधडेरी उद्योग पनि बन्द हुने अवस्थामा पुगिसकेका छन् भने केहि बन्द नै भईसकेका छन् । कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने विभिन्न व्यवसायमध्ये एक प्रमुख दुग्ध व्यवसाय भए पनि सरकारले दुधको बजारीकरणको व्यवस्था मिलाउन सकेका छैन ।

दुधले बजार नपाउँदा दैनिक करोडौँ रुपैँया बराबरको किसानहरुको पैसा खेर गईरहेको दुग्ध व्यवसायहरुले बताए । केन्द«ीय दुग्ध उत्पादकसंघका महासचिव एवं दुग्ध व्यवसायिक रामप्रसाद आचार्यका अनुसार ललितपुरमा केहि किसानबाट उठेको दुई दिनको ८ हजार लिटर दुध डीडीसीले खरिद गर्न मानेको छैन । दैनिक ६ लाख लिटर दुध सहकारी मार्फत उद्योगहरु तथा स्थानीय उपभोक्तामा जाने गरेकोमा अहिले आधा भन्दा बढी दुध स्टकमा बस्ने गरेको छ । उनले भने , यसबाट ४ लाख परिवार समेत मर्कामा पर्ने देखाएको छ ।

प्रकाशित : १८ आश्विन २०७२, सोमबार १२:०९