प्रेम छटपटीमा ‘जसु’ र स्वस्तिमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रेम छटपटीमा ‘जसु’ र स्वस्तिमा



चाहे देशमा हुँदा होस्, चाहे विदेशी भूमीमा हुँदा होस्, आफ्नो कला संस्कृतिको माया धेरैलाई हुन्छ । यो भीडमा यस्तै नाम हो, जसु याखा । ताप्लेजुङमा जन्मेका जसु अहिले कारणवस दक्षिण कोरियामा छन् । तर पनि उनले आफ्नो रुचीको विषय अभिनय र मोडलिङलाई छाड्न सक्दैनन् । त्यसैले त उनले कोरियामा नै रहँदा अथवा नेपाल आउँदा जाँदाको मौका पारेर मोडलिङलाई निरन्तरता दिईरहेका छन् । जसुले पछिल्लो पटक मोडलिङ गरेको गीत ‘बग्ने आँशु’ अहिले रिलिजको अन्तिम तयारीमा छ । यो गीतको भिडियोलाई यही अक्टोवर २५ तारिखमा कोरियामा नै एक भब्य कार्यक्रमका बीच रिलिज गर्न लागिएको उनले बताए । सोही दिन नै गीत सामाजिक सञ्जाल युट्युवमा पनि सार्वजनिक हुनेछ । आफ्नो कर्मसँगै अभिनय र सामाजिक कार्यमा रुची राख्ने जसुले केहि महिना पहिले नेपाल आउँदाको समयमा यो गीतमा मोडलिङ गरेका थिए ।

‘बग्ने आँशु’को भिडियोमा जसुसँगै मोडल स्वस्तिमा खड्का फिचरिङमा छन् । सेन्टिमेन्टल लाग्ने यो गीतमा स्वर राज सिग्देलको छ भने भिडियोको निर्देशन लक्ष्मण पौडेलले गरेका छन् । भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । ‘दुखान्त शैलीको गीत भएको र धेरै युवा पुस्ताको भावना बोल्ने गीत भएकोले रिलिज पश्चात सबैको साथ र सहयोग पाउनेमा आशावादी रहेको जसुले बताए । लुक्स र शारिरिक बनावटमा कोरियन मोडल भन्दा कम नदेखिएने जसु समाजसेवामा पहिलो प्राथमिकता रहेपनि साथीहरुको र आफन्तहरुको उत्प्रेरणाले मोडलिङमा पनि पाईला अघी बढाएको बताउँछन् । यसअघी रिलिज जसुको पहिलो गीती भिडियो ‘काफल खाँदा’ दर्शक श्रोतामाझ लोकप्रिय बनेको थियो भने अर्को पुर्वेली शैलीको ‘घामै लाग्यो घमाईलो’ बोलको गीतको भिडियो पोष्ट प्रोडक्शनमा छ ।

प्रकाशित : १९ आश्विन २०७२, मंगलवार ०४:३६