पेट्रोलियमको आपूर्तिमा अवरोध कायमै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पेट्रोलियमको आपूर्तिमा अवरोध कायमै



काठमाडौं । अघोषित नाकाबन्दी गर्दै आएको भारतले नाका खुलाउन आधिकारिक पत्राचार गरेपनि सोमवारसम्म पेट्रोलियमको आपूर्तिमा अवरोध कायमै राखेको छ । अघोषित नाकाबन्दीले नेपालको जनजीवन अस्तव्यस्त हुँदा भारतको विदेश मन्त्रालयले आधिकारीक पत्राचार गरी नेपालतर्फको पेट्रोलीयम पदार्थको सहज आपूर्ति गर्ने प्रतिबद्धता व्यक्त गरेको ३ दिन बितिसकेको छ । तर, सोमवारसम्म पनि पेट्रोलियमको सहज आपूर्ति हुन सकेको छैन ।

पेट्रोलियमको सहज आपूर्तिका लागि द्धिपक्षीय तथ कूटनीतिक पहलले पनि नभएपछि नेपाली आधिकारीहरु केही कडा रुपमा प्रस्तुत हुने भएका छन् । नेपाल सरकारले अब पेट्रोलियम आपूर्तिमा भारतसँगै अन्य विकल्प खोज्न बाध्य हुनुपरेको बताइसकेको छ ।

प्रकाशित : १९ आश्विन २०७२, मंगलवार ०५:३३