टानको चुनावी रौनक, सागर पाण्डे समूहले गर्यो उम्मेदवारको घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

टानको चुनावी रौनक, सागर पाण्डे समूहले गर्यो उम्मेदवारको घोषणा



2056838704_1444308157काठमाडौ। ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)को आगामी निर्वाचनको लागि सागर पाण्डे नेतृत्वको समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । विहिबार एक कार्यक्रमको आयोजना गरी पाण्डको अध्यक्ष रहने गरी १७ जनाको उम्मेदवारी आफ्नो उम्मेदवारी घोषणा गरेको हो ।

उम्मेदवारहरुमा अधिकांश युवा पर्यटन व्यवसायी नै रहेका छन् । अध्यक्ष सागर पाण्डे रहेको यो प्यानलमा बरिष्ठ उपाध्यक्ष निमा शेर्पा, प्रथम उपाध्यक्ष विद्या हिराचन, द्धितिय उपाध्यक्ष ऋषीप्रसाद नेपाल रहेका छन् । त्यस्तै महासचिव पासाङ शेर्पा, सचिव छेटुप शेर्पा, कोषाध्यक्ष लिलाबल्दब दाहाल, सह कोषाध्यक्ष शंकर पाण्डे रहेका छन् । त्यस्तै सदस्यहरुमा नकुल देवकोटा, महेश बुढामगर, शिवहरी सापकोटा, पेम्बा शेर्पा, अर्जुन पाण्डे, रवि भट्ट, राजनप्रसाद ढुँगाना, हिमाल घले र तारा राना रहेका छन् ।

वर्तमान टानको कार्यसमितिका महासचिव रहेका पाण्डे २०४९ साल देखि निरन्तर नेपालको पर्वतीय पर्यटन क्षेत्रमा सक्रिय रुपले लागिरहेका युवा पर्यटन व्यवसायी हुन् ।अहिले हिमालयन ग्लेसियर ट्रेकिङ र ब्ल्याक डाइमण्ड एक्पिडिसनका कार्यकारी अध्यक्ष रहेका उनले वर्तमान समयमा एकातिर महनविनाशकारी भुकम्प र तराईको झण्डै २ महिना देखिको आन्दोलन र भारतको नाकाबन्दीका बीच उम्मेदवारी घोषणा गर्दै आफ्नो लामो समयको अनुभवले पर्यटन क्षेत्रका चुनौतीलाई चिर्दे अघि बढ्ने भनाई राखे । उनले भुकम्पले विश्वभर नेपालको पर्यटन त्यसमा पनि ट्रेकिङ व्यवसायबारे नकारात्मक सन्देश पुगेको भन्दै विदेशी मुलुकमा फैलिएको नकारात्मक सन्देशलाई चिर्नुपर्ने आवश्यकता औंल्याए ।

प्रकाशित : २१ आश्विन २०७२, बिहीबार १६:०६