वैदेशिक रोजगार सुचना तथा परामर्श केन्द्र स्थापना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

वैदेशिक रोजगार सुचना तथा परामर्श केन्द्र स्थापना



काठमाडौ । वैदेशिक रोजगारसम्बन्धी जानकारी दिने उदेश्यले उदेश्यले काठमाडौँको ताहाचालस्थित श्रमग्राममा ‘वैदेशिक रोजगार सुचना तथा परामर्श केन्द्र’मा  स्थापना गरेको  छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, अन्र्तराष्ट्रिय श्रम संगठन (आइएलओ) र गैरआवासीय नेपाली संघ (एनआरए) सहकार्यमा स्थापना भएको हो । बिहिबार श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले केन्द्रको उद्घाटन गर्नु भयो । उद्घाटन कार्यक्रममा श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले वैदेशिक रोजगारको सुचनाको अभावमा नेपाली कामदार स्वदेश तथा विदेशमा दुःख र कष्ट भोगिरहेकोले केन्द्रको परामर्शबाट कम हुने बताउनुभयो । “केन्द्रबाट वैदेशिक रोजगारीसम्बन्धी आधारभुत ज्ञान पाउने छन्” मन्त्रीले गुरुङले भन्नुभयो, “ कानुनी  समस्याको  बारेमा परामर्श दिइनेछ ।” वैदेशिक रोजगारीबाट फर्केका कामदारले पुनस्र्थापना पुर्नएकीकरण गर्न पनि केन्द्रबाट सहयोग पूग्ने मन्त्री गुरुङले व्यक्त गर्नुभयो ।
श्रम तथा रोजगार मन्त्रालयका निमित्त सचिव सुर्य श्रेष्ठले केन्द्रबाट स्वदेश तथा विदेशमा अपनाउनुपर्ने प्रकृया र मानवेचविखनसम्बन्धी जानकारी दिने बताउनुभयो ।
गैरआवसीय नेपाल संघका अध्यक्ष शेष घलेले मन्त्रालयले अगाडि सारेको अप्रावसी कामदारलाई सुचना तथा परामर्श दिने भिजनलाई सहयोग गरेको बताउनुभयो । “अन्र्तराष्ट्रिय श्रम संगठन (आइएलओ) र युरोपियन युनियन (ईयु)को स्रोत छ” उनले भन्नुभयो, “हाम्रो धेरै क्षेत्रमा सञ्जाल छ ।” कुल ग्राहस्थ उत्पादनमा ३० प्रतिशत रेमिटेन्सको योगदान रहेको भन्दै कामदारको समस्या समाधानका लागि पहल गरिने घलेले बताउनुभयो ।
अन्र्तराष्ट्रिय श्रम संगठनका निर्देशक जोसे एसालियोले अप्रवासी कामदारलाई सुरक्षित बनाउनका लागि केन्द्र स्थापना सहकार्य गरेको बताउनुभयो । “वैदेशिक रोजगार एउटा पिलर हो, यसले सामाजिक आर्थिक प्रभाव परेको छ” उनले भन्नुभयो, “केन्द्रले कामदारालई आवश्यक सुचना प्रदान गर्न सक्नेछ ।” कामदारलाई सुरक्षित बनाउन छलफल निरन्तर राख्ने भएको छ ।
युरोपियन युनियनका एन्ड्रिस रोटगरले परामर्श केन्द्रले गन्तव्य मुलुकको सुचना बढी दिने भएकाले कामदारलाई सुरक्षित बनाइने बताउनुभयो ।  वैदेशिक रोजगार प्रबद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले नेपाली कामदारहरु श्रम गन्तव्यमासम्झौता भन्दा न्युन पारिश्रमिक पाउने, कानुनी उपचार नपाउनेलगायत समस्या भएकाले केन्द्र स्थापना गरिएको बताउनुभयो ।
कार्यक्रममा एनआरएनका सदस्य, अप्रवासनसम्बन्धी काम गर्ने व्यक्ति, व्यवसायी र विभागका महानिर्देशकलगायत सहभागी हुनु भएको थियो ।

प्रकाशित : २१ आश्विन २०७२, बिहीबार १७:५०