कोलकताबाट ६६ टन हवाई इन्धन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कोलकताबाट ६६ टन हवाई इन्धन



काठमाडौं । भारतले लगाएको नाकाबन्दीले पेट्रोलियम अभाव भएर जनजीवन अस्तव्यस्त बनेको र भारतीय आयल निगम (आइओसी) बाट आपूर्ति सुचारुको प्रतिबद्धता नआएपछि नेपाल आयल निगम (एनओसी) ले हवाईमार्गसमेत प्रयोर गरेर पेट्रोलियमको आपूर्ति गर्ने प्रक्रिया अघि बढाएको छ ।

निगमले बिहीवार सूचना प्रकाशित गरी स्थल तथा हवाईमार्गबाट समेत पेट्रोलियम आपुूर्ति गर्न इच्छुक स्वदेशी तथा विदेशी कम्पनीलाई ३ दिनभित्र आशयपत्र दर्ता गरिसक्न आग्रह गरेको हो । निगमले शुरुमा १५ दिनका लागि दैनिक डिजेल २ सय किलोलिटर, पेट्रोल १ सय किलोलिटर, हवाई इन्धन र मट्टीतेल २ सय किलोलिटर र एलपी ग्यास १ सय टन आपूर्ति गर्नेगरी आशयपत्र दर्ता गराउन सूचना प्रकाशित गरेको छ ।–अभियान

प्रकाशित : २२ आश्विन २०७२, शुक्रबार ०४:३०