चाडपर्वमा टेलिकमले ल्यायो छुटको बहार, पोष्टपेड मोबाइलमा निःशुल्क डाटा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चाडपर्वमा टेलिकमले ल्यायो छुटको बहार, पोष्टपेड मोबाइलमा निःशुल्क डाटा



काठमाडौं । नेपाल टेलिकमले दसैं, तिहार र छठको अवसरमा महशुल दरमा छुट दिने घोषणा गरेको छ । सीम/रीम कार्डको टक टाइम देखि कल गर्दा लाग्ने शुल्कमा समेत छुट दिएको छ । TALI
टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड मोवाइलबाठ गर्दा लाग्ने शुल्कमा प्रतिकल १५ पैसा छुट दिएको छ । यो योजना अन्तर्गत असोज २६ गते देखि कात्तिक ९ गतेसम्म र कात्तिक २५ गते देखि मंसिर १ गतेसम्म छुट दिन लागिएको हो । यो अवधिमा प्रिपेड मोवाइलबाट कल गर्दा प्रतिमिनेट एक रुपैयाँ ३५ पैसा र पोष्टपेड मोवाइलबाट कल गर्दा ९० पैसा लाग्नेछ ।
पोष्टपेड र प्रिपेड मोवाइलको एसएमएसमा एक एसएमएस बराबर एक एसएमएस नै बोनस दिने जानकारी पनि टेलिकमले दिएको छ । एउटा एसएमएस गर्दा अर्को एउटा एसएमएस निशुल्क हुनेछ । यो बोनस योजना टेलिमकको नेटवर्क भित्र मात्रै लागु हुने जानकारी दिइएको छ ।
कम्पनीले ल्याण्डलाइन(पिएसटिएन)मा कल छुट दिएको छ । मासिक न्युनतम कलमा १०० थपेर २७५ कल पुर्याएको जानकारी टेलिकमले दिएको छ । कार्तिक महिनाको मासिक महसुल दुई सय रुपैयाँमका थप १०० लोकल कल (१७५+१००=२७५) उपलब्ध गराइने टेलिकमले जारी गरेको विज्ञप्तिमा छ ।
कम्पनीले ९० रुपैयाँमा सीम र रीम कार्ड बेच्ने र यो कार्डमा ५० रुपैयाँ बराबरकाे टक टाइम हुने जानकारी टेलिकमले दिएको छ ।
जिएसएम तथा सिडिएमए पोष्टपेड मोवाइलमा छुट अफर लागु भएको अवधिमा ५० एमबी डाटा निशुल्क दिने जानकारी पनि टेलिकमले दिएको छ । त्यस्तै एडिएसएलको भ्यालिडिटी समय पनि थप गरेको छ । दसैंका लागि कात्तिक ३ देखि ९ गतेसम्म सकिने समयलाई कात्तिक १० गतेसम्म र कात्तिक २५ गतेदेखि मंसिर १ गतेसमम सकिने समयलाई मंसिर २ गतेसम्म थप हुनेछ ।
कम्पनीले वाईम्याक्सको प्याकेजमा पनि छुट दिएको छ । सबै छुट योजना यस्तो छः

प्रकाशित : २४ आश्विन २०७२, आईतवार १५:४४