मंगलबार निजी सवारी साधनले तेल पाउने, बिलबुक बोक्नुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मंगलबार निजी सवारी साधनले तेल पाउने, बिलबुक बोक्नुपर्ने



काठमाडौ। दसैंका लागि घर फर्कन सहज गराउन सरकारले इन्धन वितरण बढाएको छ । नेपाल आयल निगमले सार्वजनिक सवारी–साधनका लागि डिजल वितरण बढाएर बिक्री थालेको हो ।

oil nigam

निगमले सोमबार उपत्यकाका ८६ डिपोबाट ४ लाख ७ हजार लिटर डिजल उपलब्ध गराएको जनाएको छ । निगमले आइतबार ३ लाख ६३ हजार लिटर डिजल उपलब्ध गराएको थियो ।

सोमबार निगमले पेट्रोल भने सुरक्षा निकाय र साझाका ८ ओटा पम्पलाई मात्र जम्मा ५७ हजार लिटर उपलब्ध गराएको जनाएको  छ ।

मंगलबार भने निगमले उपत्यकाका १ सय २५ ओटा पम्पबाट निजी सवारी–साधनलाई तेल उपलब्ध गराउने जनाएको छ ।

निजी सवारीमध्ये कार, जिपलाई १५ लिटर र मोटरसाइकललाई ५ लिटर पेट्रोल बिलबुकमा उल्लेख गरेर दिने जनाएको छ ।

प्रकाशित : २५ आश्विन २०७२, सोमबार १४:४०