कृषिमा बैंकहरुको लगानी ६५ अर्ब « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कृषिमा बैंकहरुको लगानी ६५ अर्ब



Agriculture-development-farmकाठमाडौं । बैंक तथा वितीय संस्थाको कृषि ऋण २८ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७०/७१ म बैंकरहरुले यो क्षेत्रमा ५० अर्ब ९० करोड रुपैयाँ लगानी गरेकोमा आर्थिक वर्ष १०७१/७२ मा बढेर ६५ अर्ब १५ करोड लगानी गरेका छन् ।

उत्पादनमूलक क्षेत्रमा अनिवार्य लगानी गर्नुपर्नेमा नेपाल राष्ट्र बैंकको नीति र व्यावसायीक कृषिमा सर्वसाधारणको आकर्षण बढेकाले लागनी बढेको हो ।

नेपाल राष्ट्र बैंकले बैंकहरुले कृषि क्षेत्रमा अनिवार्य लगानी गर्नुपर्ने ब्यवस्था गरेकाले यो क्षेत्रमा कर्जा लगानी बढेको हो । बैंकहरुले कुल लगानीको १२ प्रतिशत हाइड्रो र कृषिमा गर्नुपर्ने अनिवार्य व्यवस्था छ । यसका लागि बैंकहरुले कृषि कर्जा विस्तार गर्दै लगेका छन् । यसैगरी सरकारले बजेटमार्फत घोषणा गरी कृषि ऋण ६ प्रतिशत उपलब्ध गराउँदै आएको छ । कारोबार

प्रकाशित : २७ आश्विन २०७२, बुधबार ०४:२८