सुनको मूल्यमा सामान्य गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सुनको मूल्यमा सामान्य गिरावट



काठमाडौं । लगातार उतारचढाब आइरहेको सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य तोलाको दुईसय रुपैयाँले सस्तो भएको छ भने चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Gold_Shot
महासंघका अनुसार विहीबार सुनको मूल्य तोलाको ५१ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार तोलाको ५१ हजार २ सय रुपैयाँमा सुन किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलाको ५ रुपैयाँ घटेर विहीबार तोलाको ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : १२ कार्तिक २०७२, बिहीबार १०:२२