सिद्धार्थ म्युचुअल फण्डले निकाल्यो खुद सम्पति मुल्यको विवरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ म्युचुअल फण्डले निकाल्यो खुद सम्पति मुल्यको विवरण



काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डको खुद सम्पतिको मुल्य गत वर्षको अवधि भन्दा शुन्य दशमलव चार पांच प्रति इकाई घटेर ११ दशमलव छ चार प्रति इकाई रहेको छ ।

अघिल्लो वर्ष १२ दशमलव शुन्य नौ प्रति इकाई रहेको सिद्धार्थ म्युचुअल फण्डले ७८ करोड ३ लाख रुपैयां शेयर लगानी गरेको छ । अघिल्लो वर्ष ८१ करोड ६३ लाख रुपैयां शेयर लगानी गरेको फण्डले ऋणपत्रमा २ करोड ६० लाख रुपैया लगानी गरेको छ । आश्विन मसान्तसम्म सिद्धार्थ म्युचुअल फण्डको आम्दानी २० प्रतिशतले घटे पनि १७ करोड ८ लाख रुपैयां आम्दानी गरेको फण्डले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा २१ करोड ३५ लाख रुपैयां कमाएकोे फण्डले खर्चतर्फ भने ४७ दशमलव ९६ प्रतिशतले बढाएर ६७ लाख रुपैयां पुर्याएको छ । अघिल्लो वर्षको सोही अवधिमा फण्डको ४५ लाख ४० हजार रुपैयां रहेको थियो ।

सुचिकृत धितोपत्रमा भएको लगानी मध्ये वाणिज्य बैंकमा सबैभन्दा बढी प्राईम कमर्सियल बैंकको ३८ हजार ५९ कित्ता, इन्स्योरेन्समा सबैभन्दा बढी नेको इन्स्योरेन्स कम्पनीको २८ हजार ६ सय ५० कित्ता, डेभलपमेण्ड बैंकमा सबैभन्दा बढी कैलाश विकास बैंकको २० हजार ८ सय ४ कित्ता, हाइड्रोपावरमा सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीको २६ हजार ६ सय ४८ कित्ता र फाइनान्समा भक्तपुर फाइनान्स कम्पनीको ८ हजार ३ सय ३३ कित्ता रहेका छन् ।

प्रकाशित : १४ कार्तिक २०७२, शनिबार ०६:२०