आन्तरिक स्रोतबाट बूढी गण्डकी आयोजना बनाउन निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आन्तरिक स्रोतबाट बूढी गण्डकी आयोजना बनाउन निर्देशन



काठमाडौ । व्यवस्थापिका–संसदको कृषि तथा जलस्रोत समितिले १ हजार २ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनालाई अविलम्ब अगाडि बढाउन सरकारलाई पुनः निर्देशन दिएको छ । आइतवार बसेको समितिको बैठकले राष्ट्रिय प्राथमिकतामा राखेर अयोजनालाई आन्तरिक स्रोतबाटै निर्माण गर्न निर्देशन दिएको हो ।
सभासद् तथा समितिका सभापति गगन थापा र आयोजना विकास समितिका अध्यक्ष डा.लक्ष्मी देवकोटाले आन्तरिक स्रोतबाट आयोजना निर्माणको खाकासहितको प्रतिवेदन प्रस्तुत गरे । देवकोटाको प्रतिवेदनमा ८ वर्षसम्म नेपाल सरकारले १ खर्ब ६० अर्ब (प्रतिवर्ष २० अर्ब)  रुपैयाँ र वितीय संस्थाहरुले ४० अर्ब (प्रतिवर्ष ५ अबर्) रुपैयाँ लगानी गर्नु पर्ने उल्लेख छ ।

त्यस्तै स्थानीयलाई जग्गाको मुआब्जास्वरुप शेयर जारी गरेर २० अर्ब एवम प्रभावित र जोडिएका जिल्ला तथा स्थानीय निकायका लागि कुल ३० अर्ब रकमको शेयर जारी गरेर आवश्यक २ खर्ब ५० अर्ब रकम संकलन गर्न सकिने उल्लेख छ । अभियान

प्रकाशित : १६ कार्तिक २०७२, सोमबार ०४:४०