सरकारी खर्च ६.१ प्रतिशत घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सरकारी खर्च ६.१ प्रतिशत घट्यो



Nepal-Rastra-Bank_Panorama1_20111122085657काठमाडौं। आर्थिक वर्ष ०७२/७३ को भदौमा सरकारी खर्च ६.१ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको देशको आर्थिक अवस्थाको प्रतिवेदनअनुसार सरकारले भदौसम्ममा १६ अर्ब ४५ करोड रुपैयाँमात्र खर्च गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा सरकारी खर्च ११.१ प्रतिशतले घटेर १७ अर्ब ५२ करोडमा सीमित भएको थियो ।

यो अवधिमा चालू खर्चमा कमी आएकाले कुल सरकारी खर्च घट्न गएको छ । अस्थिर सरकार र भूमकम्पपछि पुनर्निर्माण र विकास गतिविधिले गति लिन नसक्दा सरकारी खर्च बढ्न नसकेको हो । यसैगरी तराईमा चलेको लामो बन्द हड्ताल र नाकाबन्दीले पेट्रोलियम पदार्थको अभाव हुँदा आर्थिक गतिविधि ठप्प प्राय: भएको राष्ट्र बैंकले उल्लेख गरेको छ । कारोबार

प्रकाशित : १६ कार्तिक २०७२, सोमबार ०४:४२