नेप्सेमा सामान्य सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सेमा सामान्य सुधार



शेयरबजार परिसूचक नेप्सेमा सोमबार भने सामान्य सुधार भएको छ । सोमबार नेप्से साढे तीन अंकले उकालो लागेपनि कारोबार रकममा भने झण्डै तीस लाख रुपैयाँले गिरावट आएको छ । नाकबन्दीको असरले समग्र अर्थंतन्त्र तहसनहस बन्दै जादा सेयरबजारका लगानीकर्ता समेत निरुत्साहीत हुन पुगेका छन् । जसले गर्दा कारोबार रकम खुम्चीएर १८ करोड रुपैयाँमानै सिमित भएको छ ।

 

सोमबार बजार खुलेदेखिनै उकालो लागेको नेप्से कारोबार बन्द हुदा नेप्से ३.५३ अंकले बढेर १०९१.८३ अंकमा पुगेको छ । यसदिन बजारमा कारोबार भएका अधिकाश समुहका सूचक सकारात्मक रहेपछि समग्र नेप्से उकालो लागेको हो ।

होटल, विकास बैंक र वीत्त समूहको बाहेक अन्य सबै समुहका परिसूचक सकारात्मक रहेपछी नेप्सेको झर्ने क्रम थामिएको हो ।

यसदिन बजारमा १०३ कम्पनीका १८ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा सुधार आएपनि कारोबार रकम भने अघिल्लो कारोबारको तुलनामा झण्डै तीस लाख रुपैयाँले घटेको छ ।

 
यसदिन सबैभन्दा बढि एभरेष्ट बैंकको एक करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरि नबिल सस्थापक, नेपाल लाईफ इन्स्योरेन्स र एनबी बैंकले पनि एक करोड बढिको कारोबार गरेका छन् । त्यसपछि धेरै कारोबार गर्नेमा रहेको सानिमा बैंकले ९० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ ।

यसदिनको कारोबारमा एपेक्स डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दाबढि कमाएका छन् भने गण्डकी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। यसैगरि कमाउनेको सूचीमा एपेक्सपछि भिवोर विकास बैंक, टुरिजम डेभलपमेन्ट,छिमेक लद्युवित्त, अरुण हाईड्र र गुराँश लाइफ लगायतका कम्पनी अगाडि परेका छन् । त्यस्तै गरिमा विकास, कन्ट्रि डेभलपमेन्ट, एभरेष्ट इन्स्योरेन्स तथा अरुण फाइनान्स लगायतका कम्पनी गुमाउनेको अग्रपंक्तिमा परेका छन् ।

प्रकाशित : १६ कार्तिक २०७२, सोमबार ११:४४