बलिउडका बाहशाह शाहरुख खानको पहिलो कमाई मात्रै ५० रुपैयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बलिउडका बाहशाह शाहरुख खानको पहिलो कमाई मात्रै ५० रुपैयाँ



बलिउडका बाहशाह शाहरुख खानको फिल्मी यात्राको बारेमा सबैलाई अवगत नै छ ।  शाहरुख आज भलै बलिउडको सबैभन्दा महंगो अभिनेता छन् तर उनले आफ्नो फिल्म ‘कभी हाँ कभी ना’ का लागि केवल २५, ००० रुपैयाँ प्राप्त गरेका थिए । यति मात्रै हैन यो फिल्मको लागि शाहरुखले बम्बईको सिनेमा हलको बाहिर उभिएर फिल्मको टिकट समेत बेचेका थिए ।
–शाहरुखको करियरको शुरुवाती तथ्यबारे केहि जानकारी ।
१–शाहरुख खानको पहिलो कमाई मात्रै ५० रुपैयाँ थियो जुन उनलाई गायक पंकज उदासको एक कंसर्टमा काम गरेबापत प्राप्त भएको थियो ।

२– आफ्नो थिएटरको शुरुआति दिनहरुमा शाहरुखले दिल्लीको दरियागंज इलाकामा एक रेष्टुराँ पनि चलाएका थिए ।

३–शाहरुखका बुवाले भारतको स्वतन्त्रता आन्दोलनमा भाग लिएका थिए । उनले धेरै चोटी व्यापार चलाउने कोशिश पनि गरेका थिए तर सफल हुन सकेनन् । उनी दिल्लीको ‘नेशनल स्कूल अफ ड्रामा’ मा चिया दुकान पनि चलाउँथे ।

४–शाहरुख मात्रै १५ वर्षको हुँदा उनको बावुको मृत्यु भयो । जब उनी २५ वर्षका थिए तब उनको आमाको पनि निधन भयो । आफ्नो आमाको मृत्युपश्चात नै उनी फिल्ममा आए ।

५–शाहरुखको नाम पहिला ‘अब्दुल रहमान’ राखिएको थियो फेरी उनको बावुले यो नाम परिवर्तन गरी ‘शाहरुख’ राखी दिए ।

६–शाहरुखले बलिउडमा पाइला राख्नुपूर्वनै एक पछि अर्को ५ फिल्ममा साइन गरेका थिए ।

७–शाहरुख खान अध्यात्ममा विश्वास गर्छन् । तपाँईलाई विश्वास नहोला तर उनको सबै गाडिको नम्बर ‘५५५’ छ् । यतिमात्रै हैन उनको व्यक्तिगत मोबाइल नंबर मा पनि ‘५५५’ आउँछ ।

८–शाहरुखलाई खेलकूद मा पनि धेरै लगाव छ । अफ्नो कलेजको दिनमा उनी धेरैचोटी फुटबल र हकी को राष्ट्रिय प्रतियोगितामा भाग लिएका थिए ।

९–शाहरुख खान र करण जौहर को पहिलो भेट एक टीवी ‘शो’ को अडिशनमा भएको थियो जहाँ शाहरुखले त्यस धारावाहिकमा काम गर्नलाई अस्विकार गरे ।

धारावाहिकका निर्देशकले उनीसँग सोधे, ‘तिम्ले ३ घंटा पर्खाएर यो धारावाहिकमा काम गर्नलाई किन अस्विकार गर्यौ, तिमि पहिला पनि त भन्न सक्थ्यौ ।’ शाहरुखले यसको जवाफमा भने, ‘तपाँईको यहाँ चिया धेरै मिठो छ, त्यसकारण ढिला अस्विकार गरेँ । ’

प्रकाशित : १६ कार्तिक २०७२, सोमबार १२:३७