योजना आयोग उपाध्यक्षमा डा. खतिवडा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

योजना आयोग उपाध्यक्षमा डा. खतिवडा नियुक्त



काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. युवराज खतिवडालाई नियुक्त गरेको छ ।  मन्त्रीपरिषदको वैठकले डा. खतिवडालाई नियुक्त गरेको हो ।

अर्थमन्त्री नियुक्त नगर्दै सरकारले आयोगमा उपाध्यक्ष नियुक्त गरेको हो । बजेट कार्यान्वयन र योजना तर्जुमामा अर्थमन्त्रालयलाई आयोगले सघाउँछ ।
खतिवडा पहिले पनि योजना आयोगका उपाध्यक्ष भइसकेका थिए । उपाध्यक्ष छँदै त्यहाँ छाडेर उनी राष्ट्र बैंकको गभर्नर नियुक्त भएका थिए । गभर्नरबाट उनी गत चैतमा अवकास भएका हुन् ।

नेकपा एमाले निकटका खतिवडालाई आजको वैठकले फेरि उपाध्यक्षमा नियुक्त गरेको हो ।

सरकारले रिक्त सदस्यमा कसैलाई पनि नियुक्ती दिएन । सरकार परिवर्तनसँगै यसअघिका उपाध्यक्ष डा. गोविन्द पोखरेललगायत सदस्यले राजिनामा गरेपछि आयोग खाली थियो ।

प्रकाशित : १८ कार्तिक २०७२, बुधबार ०६:३०