वेस्टर्नबाट निःशुल्क पैसा पठाउन सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

वेस्टर्नबाट निःशुल्क पैसा पठाउन सकिने



WU-New-logoकाठमाडौं । वेस्टर्न युनियन कम्पनीले नेपालमा रकम पठाउने धेरै जस्तो मुलुकहरुबाट मनि ट्रान्सफर फी निशुल्क गरेको छ । कम्पनीले बहुमुखि कार्यनितिको घोषणा गर्दै बोर्ड कनेक्टिभिटि, रिटेल, अनलाइन, एजेन्टहरु र जनशक्तिको सहकार्यमा भुकम्प पिडित परिवार तथा समुदायलाई सहायता पु¥याएको छ ।  मे १३ देखि लागु सो कार्यक्रम १७ जेठ सम्मका लागि थप गरेको छ ।

कम्पनीले युनाइटेड स्टेट, युरोप, सिरिया, साउदि अरेविया, युएइ, कतार, बहराइन, कुवेत, ओमन, इराक, माल्दिभ्स, चाइना, मलेसिया, हङकङ्ग, अस्ट्रेलियालगायतका वेस्टर्न युनियनका आधिकारिक एजेन्ट लोकेसनहरुबाट नेपालमा आफ्ना आफन्त र परिवारजनलाई रकम पठाउँदा शून्य प्रतिशत  ट्रान्सफर शूल्क लाग्ने छ ।

ग्राहकहरुले रकम पठाउँदा वेस्टर्न युनियन अनलाइन सेवा र मोवाइल एप्लिकेसन प्रयोग गर्छन ति ग्राहकहरुले पनि ३१ मे, २०१५ सम्म ०८  ट्रान्सफर शूल्कमा कारोबार गर्न सक्नेछन् । अनलाइन ग्राहकहरुले अनलाइन सेवा प्रयोग गर्दा नेपाल रिलिफ २०१५ कोड प्रयोग गर्नुपर्ने छ ।

प्रकाशित : ५ जेष्ठ २०७२, मंगलवार ०१:२८