मन्त्रिमन्डल विस्तारः तीन उपप्रधानमन्त्री थपिए, अर्थमा विष्णु पौडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मन्त्रिमन्डल विस्तारः तीन उपप्रधानमन्त्री थपिए, अर्थमा विष्णु पौडेल



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रपरिषद विस्तार विस्तार गरेका छन् । तीन उपप्रधानमन्त्री, ६ जना मन्त्री र एकजना राज्यमन्त्री विहीबार थपिएका हुन् । विस्तारित मन्त्रिपरिषदका सदस्यहरुलाई विहीबारै शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ गराइन् ।
विहीबार नियुक्त गरिएका उपप्रधानमन्त्रीहरुमा एमालेका भीम रावल उपप्रधान तथा रक्षामन्त्री, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी उपप्रधान तथा सहकारी तथा गरिबी निवारणमन्त्री र नेकपा मालेका सीपी मैनाली उपप्रधान तथा महिला बालबालिका तथा समाजकल्याणमन्त्री रहेका छन् ।

यस्तै, एमालेका विष्णु पौडेल–अर्थ, शेरधन राई–सूचना तथा सन्चार, शान्ता मानवी–विना विभागीय र आनन्द पोखरेल–पर्यटनमन्त्री रहेका छन् ।

यसैगरी, यसअघि विना विभागीयमन्त्री बनेका फोरम लोकतान्त्रिकका रामजनम चौधरी–स्वास्थ्य तथा जनसंख्या, एमालेका सत्यनारायण मण्डल–युवा तथा खेलकुद, विश्वेन्द्र पासवान–विज्ञान तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी, राप्रपा नेपालका रामकुमार सुब्बालाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै, मेघराज नेपाली निषादलाई उद्योग राज्यमन्त्री र मुस्ताक आलमलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

गत असोज २५ गते प्रधानमन्त्री निर्वाचित भएका ओलीले विहीबार दोस्रोपटक मन्त्रिमन्डल विस्तार गरेका हुन् ।

प्रकाशित : १९ कार्तिक २०७२, बिहीबार १२:३३