नेपाल इन्स्योरेन्सले ९ प्रतिशत बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल इन्स्योरेन्सले ९ प्रतिशत बोनस शेयर दिने



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले ६६ औं वार्षिक साधारण सभा सम्पन्न  गरेको छ । उक्त साधारण सभाले आफ्ना लगानीकर्ताहरुलाई ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शुन्य दशमलब ४७३७ प्रतिशत नगद लांभाश दिने प्रस्ताव पारित गरेको छ ।

 

कम्पनीले आर्थिक वर्ष २०७०।७१ मा व्यवसाय लक्षित प्रगति हासिल गरेको छ । कम्पनीले आ.व २०७०।७१ मा ७२ करोड २१ लख ४४ हजार रुपैयाँ विमा शुल्क संकलन गरेको छ ।

वैशाख १२ गतेको माहभुकम्पमा १ हजार १ सय १६ वटा दावी पर्न आएकोमा अनुमानित कुल दावी रकम ६५ करोड रुपैयाँ मध्ये करिब ४५ करोड रुपैंयाँ  बढी रकम वीमितहरुलाई भुक्तानी गरेको बताइएको  छ ।

प्रकाशित : २३ कार्तिक २०७२, सोमबार १२:०८