अव इन्धनका लागि लाइनमा नबस्नुस् – आयल निगम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अव इन्धनका लागि लाइनमा नबस्नुस् – आयल निगम



काठमाडौं । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल मौज्दात अत्यन्तै न्युन रहेको भन्दै उपभोक्तालाई लाइनमा नबस्न अनुरोध गरेको छ । निगमले आज पत्रकार सम्मेलन गर्दै ५ दिनदेखि भारतका सबै नाकाबाट पेट्रोलियम पदार्थ ठप्प रहेकोले तत्काल वितरण गर्ने कुनै अवस्था नरहेको जनाएको हो ।

 

नाकाहरु खुलेर सहज ढंगले ट्यांकर आज भोलि नै भित्रीए मात्रै दिन सकिने नभए कुनै विकल्प नभएको निगमका महानिर्देशक गोपाल बहादुर खड्काले बताए ।

 

भारतीय नाकामा पेट्रोल ६६, डिजेल २ सय ५१ ट्यांकर र ग्याँस ३ सय ५१ बुलेट रोकिएका निगमले जनाएको छ । रोकिएका ती ट्यांकरहरु आउने अवस्था बनेमा केही राहत पाउने आश गर्ने ठाउँ भने रहेको खड्काले बताए ।

चीनले दिएको अनुदानको तेल अहिले सम्म ३ सय ५५ किलोलिटर काठमण्डौं आइसकेको र बाँकि भोलि सम्म आइसक्ने बताए । चिनबाट अनुदानमा आएका तेल सामान्य अवस्थामा उपत्यकाको खपतलाई हेर्दा करिब डेढ दिनलाई मात्रै पुग्ने परिमाण महानिर्देशक खड्काले बताए । नेपाल आयल निगमले अनुदानको तेल ल्याइसकेपछि ब्यापारिक लट ल्याउने काम शुरु गर्ने प्रकृयामा रहेको जनाएको छ ।

चिनसंग भएको सम्झौता अनुसार नेपाल सरकारले तेल किन्न दररेट पठाइसकेको र केहि दिनमा प्रकृया पुरा हुने निगमले जनाएको छ । यस्तै निगमले तत्काल ग्याँस पाउने कुनै अवस्था नरहेको बताएको छ । नाकामा रोकिएका ग्याँसका बुलेट नआएसम्म कुनै विकल्प नभएकाले लाइनमा नबस्न उपभोक्तालाई आयल निगमले आग्रह गरेको छ ।

प्रकाशित : २३ कार्तिक २०७२, सोमबार १२:२४