अल्पाइन डेभलपमेन्ट बैंकको खुद मुनाफा ६ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अल्पाइन डेभलपमेन्ट बैंकको खुद मुनाफा ६ प्रतिशतले बढ्यो



काठमाडौं । चुक्तापुँजी ११ करोड रुपैयाँ भएको अल्पाइन डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०७२/७३ को पहिलो त्रैमासमा ४२ लाख खुद मुनाफा कमाएको छ । जुन गतवर्षको भन्दा ६ दशमलव १३ प्रतिशतले बढि हो । गतवर्ष सोहि अवधिमा ४०लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

बैंकको जगेडा कोष समिक्षा अवधिमा ८ करोड १० लाख रुपैयाँ रहेको छ भने अघिल्लो वर्ष ४ करोड ८३लाख रुपैयाँ राखिएको थियो । बैंकले निक्षेप संकलन गतवर्ष भन्दा ३४ दशमलव ३० प्रतिशतले वृद्धि गरी १ अर्ब १८ करोड २७ लाख रुपैयाँ गरेको छ जुन गतवर्ष सोहि अवधिमा ८८ करोड ६ लाख रुपैयाँ गरेको थियो । कर्जा तर्फ बैंकले ९९ करोड ९४ लाख प्रवाह गरेको छ भने गतबर्ष सोहि अवधिमा७३ करोड ७२ लाख रुपैयाँ पु¥याएकोे थियो ।चालु आर्थिक वर्ष बैंकले अघिल्लो वर्ष भन्दा३ दशमलव ५६प्रतिशतले कर्जा प्रवाह बढाउन सफल भएको छ ।

खुद व्याज आम्दानी गतवर्ष भन्दा १४ दशमलव ४८ प्रतिशतले बढेर १ करोड ५१ लाख रुपैयाँ पुगेको छ जुनगतवर्ष सोहि अवधिमा १ करोड ३१ लाख रुपैयाँ रहेको थियो । कम्पनीको व्याज आम्दानी २० दशमलव ३५ प्रतिशतले बढेर ३ करोड १८ लाख रुपैयाँ र व्याजखर्च २६ दशमलव १९ प्रतिशतले बढेर १ करोड ६७ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी कम्पनीको सञ्चालन मुनाफा गतबर्षको भन्दा १८ दशमलव ०३ प्रतिशतले वृद्धि भई १ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको पहिलो त्रैमासमा प्रति शेयर आम्दानी (वार्षिक) १४ दशमलव ५६ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीेको अनुपात  २३ दशमलव २८ गुणा रहेको छ । प्रति शेयर नेटवर्थ (वार्षिक) १ सय ६५ दशमलव ०७ रुपैयाँ रहेको छ र तरलता अनुपात ३२ दशमलव ५३ गुणा रहेको छ । निष्कृय कर्जा शुन्य दशमलव ९५ प्रतिशतले घटेर ३ दशमलव ५३ प्रतिशत रहेको छ ।

प्रकाशित : २७ कार्तिक २०७२, शुक्रबार १२:४८