प्रधानमन्त्री ओलीको सम्बोधन, नयाँ बजेटकै झल्को « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रधानमन्त्री ओलीको सम्बोधन, नयाँ बजेटकै झल्को



काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा पहिलो पटक जनता र देशबासीका नाममा संबोधन गरेका छन्  । उक्त संबोधन मार्फत उनले बिभिन्न  महत्वाकांक्षी योजनाहरु घोषणा गरेका छन् ।

सरकारलाई समर्थन गर्ने दलका नेता तथा आफ्ना मन्त्रीहरुलाई साथमा राखेर आइतबार साँझ गरिएको सम्बोधनमा उनले भारतिय नाकाबन्दीले आँखा खोलेको बताउँदै आफ्नो परनिर्भरताको व्यथा कहँदै अब आत्मनिर्भर बन्नका लागी भन्दै बजेटकै झल्को दिने गरी कार्यक्रम गरेका छन ।

प्रधानमन्त्री ओलीले काठमाडौंमा मेट्रो रेलको तयारी तत्काल अघि बढाउने घोषणा गरेका छन् । उनले सौर्य उर्जामार्फत एक वर्षमा २ सय मेघावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने, विद्युतीय चुलो उत्पादन र इन्धनको भण्डारण क्षमता बढाउने बताए ।

उनले आफ्नो घोषणा मार्फत नेपालका आफ्नै उत्पादन प्रयोगलाई प्रोत्साहन गरिने बताए । सरकारले स्वदेशी वस्तुको प्रयोगमा जोड दिने, चीनसँग जोड्ने बाटाहरुको स्तरोन्नति गर्ने र पूर्व–पश्चिम राजमार्गलाई चार लेनको बनाउने घोषणा गरे ।

ओलीले मधेस आन्दोलन र नाकाबन्दीले भूकम्पले भन्दा ठूलो क्षति गरेको बताउँदै तुरुन्त पुनर्निर्माण विधेयक पारित गरेर प्राधिकरण तत्काल गठन गर्ने समते बताए । भूकम्प पीडित जनतालाई आवास दिइने र पीडितलाई दिने भनिएको दुई लाखको पहिलो किस्ता राहत तत्काल उपलब्ध गराउने बताए । ओलीले जाडो अगाडि नै हिमाली भेगमा टहरा बनाइने समेत घोषणा गरे ।

उनले मधेसमा आन्दोलन गरिरहेका दलहरुलाई तत्काल आन्दोलन फिर्ता लिएर वार्तामा बस्न आग्रह गरे । त्यसैगरी उनले भारतलाई अघोषित नाकाबन्दी तत्काल अन्त्य गर्न आग्रह गरे ।

प्रकाशित : २९ कार्तिक २०७२, आईतवार १४:३१