साना किसानले २ बराबर १ कित्ता हकप्रद शेयर निष्काशन गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

साना किसानले २ बराबर १ कित्ता हकप्रद शेयर निष्काशन गर्दै



काठमाडौं । साना किसान विकास बैंक लिमिटेडले २ कित्ता बराबर १ कित्ता शेयर (२ः१) अनुपातमा हकप्रद शेयर निष्काशन गर्दैछ ।

मङ्सिर २५ गते खुल्ला हुने हकप्रद शेयर पुस ३० गते देखि निष्काशन बन्द हुनेछ । प्रति शेयर रू. १ सय अङ्कित मूल्य रहेको कम्पनीले ११ लाख ५३ हजार ४ सय १२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी  ३६ करोड ६०  लाख  २३ हजार ५ सय रुपैंयाँ पुग्नेछ ।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । इच्छुक शेयरधनीले शेयर रजिष्ट्रारका साथै साना किसान बैंकका विभिन्न शाखामा दरखास्त दिन सक्ने छन् ।
इक्रा नेपालले यस कम्पनीको हकप्रद शेयरलाई ग्रेड फोर रेटिङ दिएको छ ।

प्रकाशित : १ मंसिर २०७२, मंगलवार १५:२२