महाभूकम्पपछि पुनस्र्थापना नै सरकारको पहिलो प्राथमिकता होः अर्थमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

महाभूकम्पपछि पुनस्र्थापना नै सरकारको पहिलो प्राथमिकता होः अर्थमन्त्री



arthmandtriकाठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले भूकम्प पीडितहरुको राहत र पुर्नस्थापनामा सघाउन निजी क्षेत्रसँग आग्रह गरेका छन् । उनले निजी क्षेत्रले राहतमा ठूलो सहयोग पुर्याएको बताउँदै राहत र पुर्नस्थापनामा पनि सघाउन आग्रह गरेका हुन् ।

‘महाभूकम्पपछि पुनस्र्थापना नै सरकारको पहिलो प्राथमिकता हो,’ नेपाल उद्योग परिसंघका प्रतिनिधिमण्डलसँगको सोमबार भएको भेटमा उनले भने, ‘यस कार्यमा कार्यमा निजी क्षेत्रबाट सहयोगको अपेक्षा सरकारले गरेको छ ।’ महतले भूकम्पले ठूला उद्योग तथा साना र मझौंला उद्योग व्यापारमा परेको असरको अध्ययन भइरहेको बताए ।

परिसंघका अध्यक्ष नरेन्द्र कुमार बस्न्यातले भूकम्प पिडितहरुको तत्काल राहत र पुनस्र्थापना प्राथमिकता भएको बताए । ‘अर्थतन्त्रको स्थायित्व एवं यसलाई चलायमान बनाउनका लागि लक्ष्य अनुसार काम हुनुपर्छ,’ उनले भने, ‘ अर्थतन्त्र चलायमान हुन नसके मन्दीमा जानसक्ने भएकोले सरकारले उचित समयमै ध्यान दिनुपर्छ ।’

परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले पुनस्र्थापना र पुनरुत्थान आवश्यक भएको बताए ।  भेटका अवसरमा परिसंघका उपाध्यक्षहरु अनुज अग्रवाल, बसन्त राज मिश्र, गभर्निङ काउन्सिलका सदस्यहरु विजय कुमार शाह, योगेश्वर लाल श्रेष्ठ लगायतले भूकम्पपछि पुर्नस्थापना र पुनर्निर्माणमा ध्यान दिन आग्रह गरे ।

प्रकाशित : ५ जेष्ठ २०७२, मंगलवार ०४:५७