प्रभु बैंकले पुतलीसडकमा खोल्यो शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु बैंकले पुतलीसडकमा खोल्यो शाखा



काठमाडौं । प्रभु बैंकले पुतलीसडकमा शाखा विस्तार गरेको छ । बैंकले पुतलीसडकस्थित शेयर मार्केट भवनमा शाखा स्थापना गरेको हो ।
 विभिन्न बैंक तथा वित्तीय सस्था मर्ज हुँदा दोहोरिएका शाखा बैंकले स्थानान्तरण गर्दै आएको छ । विहीबार आयोजित कार्यक्रममा तत्कालिन किस्ट बैंकका अध्यक्ष रामप्रसाद दाहालले शाखा उद्घाटन गरे । उनले मर्जरपछि बनेको प्रभु बैंकले ग्राहकको मन जितेकोमा खुसी लागेको बताए ।
उद्घाटन समारोहमा बैंक संचालन समितिका अध्यक्ष देवी प्रकाश भट्टचनले बैंकका दोहोरिएका विभिन्न शाखालाई बैंक नपुगेका सबै ठाउँमा पुग्नेगरि पुनस्र्थापना गर्ने प्रतिवद्धता जनाए । उनले पुतलीसडक क्षेत्र व्यबसायिकरुपमा तिब्र रुपमा अघि बढेको हुँदा त्यस क्षेत्रलाई मध्यनजर गर्दै उक्त ठाउँमा शाखा विस्तार गरिएको पनि बताए ।
शाखा उद्घाटन कार्यक्रममा बैंकका सिइओ अशोक शेरचन तथा संचालकहरु कुशुम लामा, दक्ष पौडेल, पुष्प बहादुर प्रधान, ऋषिराम गौतम, विभिन्न शाखा प्रमुखहरु लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित : ३ मंसिर २०७२, बिहीबार १६:११