नेप्सेमा करिब ५ अंकको गिरावट, २० करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सेमा करिब ५ अंकको गिरावट, २० करोडको कारोबार



काठमाडौं । साताको अन्तिम दिन विहिबार नेप्से परिसुचक ४ दशमलब ६८ अंकले घटेर १ हजार ९४ दशमलब ५७ बिन्दुमा कारोबार बन्द भएको छ । क’ वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलव १५ अंकले घटेर २ सय ३६ दशमलव २६ बिन्दुमा कारोबार बन्द भएको छ । बजार खुल्नासाथ ओरालो लागेको नेप्से अन्तमा ४ अंकमा बजार बन्द भएको छ । आज बजारमा शेलिङ्ग प्रेसर बढी भएको देखिन्छ ।

बुधबार नेप्से ५ दशमलव ०७ अंकले  बढेर १ हजार ९९  बिन्दुमा कारोबार बन्द भएको थियो । आज १ सय ३ कम्पनीको १ हजार ३ सय ४० वटा कारोबारबाट ३ लाख ७४ हजार ८ सय ७८ कित्ता शेयरहरु खरिद बिक्रि भएका छन् भने २० करोड ३७ लाख ४५ हजार रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ ।

कारोबारको  रकमका आधारमा साना किसान विकास बैंकको  १ करोड ५९ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । नबिल बालेन्स फण्ड १ को ४७ हजार २ सय ८७ कित्ता शेयर खरिद विक्रि भएको छ ।

यस्तै नेप्से परिसुचकहरुमा हाइड्रो समुह शुन्य दशमलव ०९ प्रतिशत र उत्पादन तथान प्रशोधन  समुह  २ दशमलव ०९ प्रतिशतले बढेको छ भने बैंकिङ्ग समुह शुन्य दशमलव ६७ प्रतिशत, विकास बैंक समुह शुन्य दशमलव २४ प्रतिशत, फाइनान्स समुह शुन्य दशमलव ०६ प्रतिशत, बिमा समुह शुन्य दशमलव ४९ प्रतिशत, अन्य समुह शुन्य दशमलव ३१ प्रतिशत र होटल समुह  शुन्य दशमलव ७१ प्रतिशतले घटेको छ ।

आज  अपी हाइडो पावर कम्पनीका लगानीकर्ताहरुले सबै भन्दा बढी कमाएका छन् भने यनाईटेड इन्स्योरेन्सका लगानीकर्ताहरुले सबै भन्दा बढी गुमाएका छन् ।

प्रकाशित : ३ मंसिर २०७२, बिहीबार १६:२०