आन्दोलनलाई थप ‘सशक्त’ बनाउने मोर्चाको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आन्दोलनलाई थप ‘सशक्त’ बनाउने मोर्चाको निर्णय



Madheshi-morchaकाठमाडौं। आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफ्ना बन्द तथा नाकाबन्दीका कार्यक्रमलाई थप कडा बनाउने निर्णय गरेको छ।

बिहीबार बसेको मोर्चाको बैठकले बिहानको समयमा विद्यालयहरु संचालन गर्न दिने र अत्यावश्यक स्वास्थ्य सामग्री र औषधिको आपूर्ति बिराटनगरको भन्सार नाकाबाट गर्न दिने पनि जनाएको छ।

आन्दोलनका कारण शिक्षा र जनस्वास्थ्यमा पर्दै गएको असरप्रति राष्ट्रसंघ लगायतका निकायले चिन्ता व्यक्त गर्दै आएका थिए।

त्यसअघि बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले थप लचकताका साथ आन्दोलनरत पक्षसँग वार्ता गर्ने प्रतिबद्धता जनाएको थियो।

प्रकाशित : ३ मंसिर २०७२, बिहीबार १६:४१