सहकारी पत्रकार समाज साधारणसभा पुस १७ गते हुने, नयाँ कार्यसमितिको पनि चयन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सहकारी पत्रकार समाज साधारणसभा पुस १७ गते हुने, नयाँ कार्यसमितिको पनि चयन गर्ने



cjnकाठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को वार्षिक साधारणसभा आगामी पुस १७ गते हुने भएको छ । सभाले नयाँ कार्यसमितिको पनि चयन गर्ने छ ।
सहकारी पत्रकारहरुको साझा संगठन सिजेएन कार्यसमितिको शुक्रबार बसेको बैठकले निर्वाचनसहितको साधारणसभा गर्ने घोषणा गरेको हो । त्यस्तै मसिर २० गते भित्र सधारण सदस्यहरुको नविकरण गर्न आग्रह गरेको छ । यस्तै सस्थाले निर्वाच प्रायोजनका लागि सहकारी नेपाल डटकमका सम्पादक  विपिन शर्माको संयोजकत्वमा इमेज च्यानलका पत्रकार युवराज गौतम  र  पत्रकार केदार थाक्ले रहेको निर्वाचन समिति गठन पनि गरेको छ ।
सहकारीको विषयमा कलम चलाउँदै आएका पत्रकारहरूको पेशागत दक्षता वृद्धि गर्न, मुलुकको आर्थिक विकासमा सहकारी क्षेत्रको योगदानलाई जनसमक्ष उजागार गर्दै सहकारी अभियानलाई प्रवद्र्धन गर्ने कार्यमा सहयोग पुर्याउन २०६८ सालमा समाजको गठन भएको थियो ।

प्रकाशित : ४ मंसिर २०७२, शुक्रबार १५:४३