राष्ट्र बैंकले भन्यो–आर्थिक बृद्धि दर ऋणात्मक, यस्तो छ राष्ट्र बैंकको रिपोर्ट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

राष्ट्र बैंकले भन्यो–आर्थिक बृद्धि दर ऋणात्मक, यस्तो छ राष्ट्र बैंकको रिपोर्ट



यस्तो छ राष्ट्र बैंकको रिपोर्ट

नेपाल राष्ट्र बैंकले भारतीय नाकाबन्दीका कारण मुलुकको आर्थिक वृद्धिदर ऋणात्मक हुने अनुमान गरेको छ । उसले एक प्रतिशतले मुलुकको आर्थिक वृद्धिदर ऋणात्मक हुने अनुमान गरेको हो । भारतीय नाकाबन्दीका कारण मुलुकको अर्थतन्त्र एक प्रतिशतले तल झर्ने अध्ययनबाट देखिएको हो ।

चालू आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर जिरो दशमलव ९ प्रतिशत ऋणात्मकदेखि १ दशमलव ७ प्रतिशतसम्म हुने प्रक्षेपण गरेको छ । गत आवमा पनि भुकम्पनका कारण देशको आर्थिक बृद्धिदर ३ प्रतिशत मात्र रहेको थियो ।

बन्दका कारण कृषि, व्यापार, पर्यटनलगायत सवै क्षेत्रको बृद्धिदर घटेकाले अर्थतन्त्रमा ठूलो असर गर्ने राष्ट्र बैंकको प्रक्षेपण छ । मलखाद, विजविजन तथा ढुवानीको समस्याले गर्दा कृषि क्षेत्रमा पनि ठूलो भार पर्ने देखिएको छ । होटल रेष्टुरा तथा क्याटरिङ व्यवसाय चल्न नसक्दा मासु तथा दुधको माग पनि घट्न गइ त्यसको समेत ठूलो प्रभाव पर्ने भएको छ । हाल होटलको अकुपेन्सी २० प्रतिशतभन्दा कम रहेको छ । २०४५ सालमा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिव भण्डै ४९ प्रतिशत रहेकोमा २०७२ सालमा आइपुग्दा ३३ दशमलव १ प्रतिशतमा झरेको छ । जीडीपीमा ठूलो योगदान दिँेदै आएको कषि क्षेत्र सिथिल हुँदा अर्थतन्त्रमा ठूलो असर गर्ने देखिएको छ ।

भारतको अघोषित नाकाबन्दी र भुकम्पले गर्दा यस वर्ष गरिवीको संख्या पनि बढ्ने भएको छ । गत वैशाख १२ को विनासकारी भूकम्प र सो पश्चातका परकम्पहरुलेअ र्थतन्त्रमा करिव ७ खर्ब ७ अर्व रुपैयाँ बरावरको क्षति भएको आँकलन गरिएको थियो । यसमध्ये कुल गाहस्थ्र्य उत्पादनमा करिव रु ३६ अर्ब रुपैयाँ बराबरको क्षतिभएकोले गत आर्थिक वर्षको आर्थिक वृद्धिदरमा १ दशमलव ५ प्रतिशत बिन्दुले न्यूनता आएको थियो । जसले गर्दा साढे २ प्रतिशतदेखि साढे ३ प्रतिशतसम्म गरिवी बढ्ने राष्ट्र बैंकले प्रक्षेपण गरेको छ ।

प्रकाशित : ५ मंसिर २०७२, शनिबार १४:३५