मेगा बैंकको ‘शाखा रहित बैंकिङ सेवा’ कैलाली र दाङमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मेगा बैंकको ‘शाखा रहित बैंकिङ सेवा’ कैलाली र दाङमा



काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नेपालमै पहिलोपटक अत्याधुनिक उपकरणको माध्यमबाट शाखा रहित बैंकिङ सेवा सुरु गरेको छ ।

शाखारहित बैकिङ सेवालाई विस्तार गर्ने क्रममा २२ कात्तिक २०७२ मा कैलालीको जोशीपुर र हसुलिया साथै २४ कात्तिक २०७२ मा दाङको लक्ष्मीपुर र सौंैँडीयारमा मेगा बैंकले शाखा रहित बैंकिङ सेवा विस्तार गरेको जनाएको छ ।

वित्तीय समावेशिताको माध्यमबाट आर्थिक शशक्तिकरण गर्ने उद्देश्य अनुरुप ग्रामीण भेगका जनतासम्म आधुनिक बैकिङ सेवा सुविधाको पहु“च विस्तार गर्न शाखारहित बैकिङ सेवा विस्तार गरिएको बैंकका सिइओ अनिलकेशरी शाहले बताए ।

मेगा बैंकले सक्षम परियोजनासँगको सहकार्यमा यो बर्ष सुदूरपश्चिमसहित देशका विभिन्न जिल्लामा ३० वटा शाखारहित बैंकिङ सेवा विस्तार गर्ने योजना लिएको छ ।

प्रकाशित : ६ मंसिर २०७२, आईतवार १२:१५