अमेरिकामा भारतीय नाकाबन्दीविरुद्ध प्रदर्शन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अमेरिकामा भारतीय नाकाबन्दीविरुद्ध प्रदर्शन



USA4वासिंङटन डिसि । अमेरिकामा बस्ने नेपालीहरुले भारतीय नाकाबन्दीविरुद्ध राजधानी वासिंङटन डिसिमा प्रदर्शन गरेका छन् । भारतले नेपालको नयाँ संविधानको विरोध गर्दै असोजको पहिलो सातादेखि पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तु खाध्यान्न र औषधीको आपूर्तीमा बाधा पुर्याउदै आएको छ ।
भारतले नाकाबन्दी गरेपछि भुपरिवेस्ठित देश नेपालका करिव तीन करोड नेपाली निकै असहजस्थितीमा जीवनयापन गरिरहेका छन् । नेपालीहरुले भोग्नु परेको असहजस्थितीको बारेमा विश्वसमुदायलाई जानकारी दिन प्रदर्शन गरिएको गैरआवासीय नेपाली संघलगायतका आयोजकले बताएका छन् ।
भारतले नेपालको सार्वभौम सत्ताको सम्मान गर्दै भुपरिवेस्ठित देशले पाउने निर्वाध पारवहनको सुविधा दिनु पर्छ भन्ने हाम्रो माग हो, प्रदर्शनमा सहभागी मेरील्याण्डका सुशील रेग्मीले भने । करिव २५ सय नेपाली सहभागी उक्त प्रदर्शन अमेरिकी राष्टपति निवास ह्वाईट हाउस अगाडिबाट भारतीय दुतावाससम्म पुगेको थियो ।
अमेरिकाको इतिहासमा धेरै नेपाली सहभागी भएको यो नै पहिलो प्रदर्शन भएको गैरआवासीय नेपाली भर्जिनिया राज्यका सचिव कृष्ण भण्डारीले बताए । भारतीय नाकाबन्दी विरुद्धको आजको प्रदर्शन अभुतपूर्वरुपमा सफल भएको छ, उनले भने ।

प्रकाशित : ७ मंसिर २०७२, सोमबार ०६:०२