समयमा विमान उडाउन मन्त्रीको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

समयमा विमान उडाउन मन्त्रीको निर्देशन



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोख्रेलले निर्धारित समयमा विमान उडाउन नेपाल वायु सेवा निगमलाई सुझाएका छन् । आज नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालयको भ्रमणका सन्दर्भमा उनको यस्तो भनाई आएको हो ।  मन्त्री पोख्रेलले मैत्रीपूर्ण व्यवहारले यात्रुको मन जित्ने प्रयास गरे निगमका विमान सिट भरिएर उड्नाका साथै प्रतिष्ठा बढ्नुका साथै  वित्तीय घाटा समेत बेहोर्नु नपर्ने बताए ।

उनले संस्थालाई योजनाबद्धरुपमा अगाडि बढाउन व्यावसायिक योजना तयार गरेर अगाडि बढ्न पनि निर्देशन दिंदै सरकारको पनि यस्तो काममा सहयोग रहने बताए ।  भूपेरिवेष्ठित देशका लागि विमान जस्तो अर्को विकल्प हुन नसक्ने तथ्यमाथि प्रकाश पार्दै मन्त्री पोख्रेलले अहिलेको परिस्थितिमा राष्ट्रियध्वजावाहकसँग पर्याप्त विमान भए यति कठिनाई भोग्नुनपर्ने समेत बताए । नेपाल वायुसेवा निगममा दक्ष जनशक्ति रहेको कुरासँग आफू अवगत रहेको सन्दर्भ उल्लेख गर्दै उनीहरुले निष्ठापूर्वक आफ्नो दायित्व पूरा गरी निगमको कमाई बढाउने तर्फ लाग्नुपर्ने कमाई पछि अन्य सुविधाको दावी गर्नुपर्ने उनको भनाई छ  ।

2125128969_1448364743

त्यस्तै मन्त्रालयका सचिव एवं निगम संचालक समितिका अध्यक्ष दिनेश कुमार थपलियाले जुन संस्थासँग आशा र भरोसा गरिएको हुन्छ त्यसैको बढी चर्चा र आलोचना हुन्छ भन्दै नेपाल वायुसेवा निगमसँग आम जनताको प्रत्यक्ष सम्वन्ध भएकोले टीकाटिप्पणी हुनु स्वाभाविक हो बताए । उनले निगमले उडान सँख्या र गन्तव्य बढाउने कामको थालनी गरिसकेको जानकारी गराउँदै चीनका विभिन्न गन्तव्यमा उडान बढाउन सके पर्याप्त मात्राका पर्यटक भिœयाउन सकिने धारणा व्यक्त गरे ।

त्यस्तै निगमका महाप्रवन्धक सुगत रत्न कंसाकारले २८ वर्ष सम्म गति लिन नसकेको नेपाल वायुसेवा निगमले नयाँ विमानहरु सेवामा लगाई नयाँ आयाम सिर्जना गरेको छ भन्दै आगामी दिनमा वाइडवडी विमान खरीद गर्ने योजना बनाएको जानकारी दिए ।

चारवटा विमानले ७ वटा गन्तव्यमा सेवा पु¥याइरहेकोमा निकट भविष्यमा ग्वानझाउ, र दुवही सेवा थप्ने काम अगाडि बढाइएको जानकारी समेत दिए । कंसाकारले बोइङ्ग ७५७ ले कलकत्ताबाट हवाई इन्धन ल्याएर नेपाल आयल निगमलाई दिएको र सोही हवाई इन्धनबाट आन्तरिक उडानहरु सुचारु भएको जानकारी दिए ।

प्रकाशित : ८ मंसिर २०७२, मंगलवार १२:२२