नेप्सेमा ९ दशमलव ११ अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सेमा ९ दशमलव ११ अंकको गिरावट



काठमाडौं । मंगलबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा ९ दशमलव ११ अंकले घटेर १ हजार ६६ दशमलव ६९ बिन्दुमा कारोबार बन्द भएको छ । ‘क’ वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलव २६ अंकले घटेर २ सय ३० दशमलव २४ बिन्दुमा कारोबार बन्द भएको छ ।

आज १ सय ११ कम्पनीको ३ हजार ३ सय ६१ वटा कारोबारबाट ४ लाख ४९ हजार ८ सय ३८ कित्ता शेयरहरु खरिद बिक्रि भएका छन् भने २१ करोड ९ लाख १८ हजार रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ ।

कारोबारको रकमका आधारमा अपि हाईडो पावरको १ करोड ९७ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने एस डेभलपन्ट बैंकको संस्थापक शेयरको ९८ हजार ८ सय ५१ कित्ता शेयर खरिद विक्रि भएको छ ।

यस्तै नेप्से परिसुचकहरुमा विकास बैंक समुह शुन्य दशमलव ०२ प्रतिशत बढेको छ भने, बैंकिङ्ग समुह शुन्य दशमलव २९, फाइनान्स समुह शुन्य दशमलव ४३ प्रतिशत, बिमा समुह शुन्य दशमलव ७३ प्रतिशत, हाइड्रो समुह शुन्य दशमलव ०८ प्रतिशत, अन्य समुह ६ दशमलव २४ प्रतिशत र होटल समुह शुन्य दशमलव ४२ प्रतिशतले प्रतिशतले घटेको छ ।

आज नेपाल ग्रमीणा विकास बैंकले सर्वाधिक कमाएको छ । पाँच वटा ग्रामिण विकास बैंकहरु मर्ज भएर बनेको नेपाल ग्रामिण विकास बैंकको दुई बर्षपछि आज कारोबार भएको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले वढेको छ । नेपाल दुरसंञ्चार कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् भने यसको सेयर मूल्य ६ दशमलब २४ प्रतिशतले घटेको छ ।

प्रकाशित : ८ मंसिर २०७२, मंगलवार १२:२९