श्वेतपत्र सार्वजनिक , यस्तो छ श्वेतपत्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

श्वेतपत्र सार्वजनिक , यस्तो छ श्वेतपत्र



सरकारद्वारा श्वेतपत्र जारी (पूर्णपाठसहित)

 

काठमाडौँ ।  अर्थमन्त्री विष्णु पौडेलले भूकम्प र नाकाबन्दीका कारण समग्र आर्थिक अवस्थामा परेका असरहरुसहितको श्वेतपत्र आज सार्वजनिक गरेका छन्। म‌ंगलबार साँझ पत्रकार सम्मेलन गरी मन्त्री पौडेलले श्वेतपत्र सार्वजनिक गरेका हुन्।

श्वेतपत्रमा भूकम्पको कारण पूर्णरूपमा घर भत्किएकालाई मंसिरभित्रै न्यानो कपडा किन्न प्रति परिवार १०  हजार दिइने उल्लेख छ। त्यसैगरी पूरै घर भत्किएकालाई सामूहिक जमानीमा ३ लाख ऋण दिने उल्लेख छ।

विनाशकारी भूकम्पका कारण कुल गार्हस्थ उत्पादनको एक तिहाई बराबरको भौतिक क्षति भएको र आर्थिक वर्ष २०७१/७२ को समग्र आर्थिक वृद्धि दर ६ प्रतिशत हुने अनुमान गरिएकोमा ३ प्रतिशतमा सीमित रहेको श्‍वेतपत्रमा उल्लेख छ। चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरिए पनि आपूर्ति प्रणालीमा भएको अवरोधबाट २ प्रतिशतको हाराहारीमा रहने अनुमान गरिएको छ।

अवरोध लम्बिए आर्थिक वृद्धिदर थप संकुचित हुने सम्भावना पनि दर्शाइएको छ।

भूकम्पका कारण करिब ७ लाख व्यक्ति गरिबीको रेखामुनि धकेलिएको अनुमान श्वेतपत्रमा छ।

आपूर्ति प्रणालीको अवरोधको प्रभाव स्वरुप आर्थिक वर्षको पहिलो महिना ६.९ प्रतिशतको मुद्रास्फीति दोस्रोमा ७.२ प्रतिशत र तेस्रो महिनामा ८.३ प्रतिशत रहेको उल्ले‍ख छ।



 

प्रकाशित : ८ मंसिर २०७२, मंगलवार १३:५६