चिलिमेको २७ प्रतिशत लाभांस प्रस्ताव, बोनस सेयर १५ प्रतिशत दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चिलिमेको २७ प्रतिशत लाभांस प्रस्ताव, बोनस सेयर १५ प्रतिशत दिने



काठमाडौं  । चिलिमे जलविद्युत् कम्पनीले २७ प्रतिशत लाभांस प्रस्ताव गरेको छ । कम्पनीले १२ प्रतिशत नगद लाभांस र १५ प्रतिशत वोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो ।

गत बर्षको मुनाफाबाट लाभांस वितरण गर्न लागेको कम्पनीको बार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले लाभांस पाउने छन् । कम्पनीले १०० रुपैयाँ दरका ४० करोड ८० लाखको सेयर र ३२ करोड ६४ लाख रुपैयाँ नगद वाँड्न लागेको हो ।

गत बर्षमा कम्पनीले ८४ करोड ४५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

प्रकाशित : ९ मंसिर २०७२, बुधबार ०६:५९