प्रतिकित्ता ६५० रुपैयाँका दरले ५ लाख कित्ता एफपीओ निकालदै शिखर इन्स्योरेन्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रतिकित्ता ६५० रुपैयाँका दरले ५ लाख कित्ता एफपीओ निकालदै शिखर इन्स्योरेन्स



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ५ लाख १० हजार ९ सय ८८ कित्ता शेयर फर्दर पब्लिक इस्यु (एफपिओ) मार्फत सर्वसाधारणका लागि बिक्री खुला गरेको छ ।

२०७२ मंसिर १७ गते खुल्ला हुने साधाण शेयर मंसिर २१ गतेदेखि निष्काशन बन्द हुनेछ । प्रति शेयर मुल्य १०० रुपैयाँ र प्रिमियम वापत ५ सय ५० रुपैयाँ थप गरि प्रति शेयर मुल्य ६ सय ५० रुपैंयाँ अंकित मुल्य रहेको कम्पनीले ५ लाख १० हजार ९ सय ८८ कित्ता साधाण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको हाल चुक्ता पुँजी ३५ करोड ७६ हजार ९१ हजार रहेको छ । साधाण शेयर निष्काशन (फर्दर पब्लिक इस्यु) पछि कम्पनीको चुत्ता पुँजी ४० करोड ८७ लाख ८९ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीको साधारण शेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईबिल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । इच्छुक शेयरधनीले शेयर रजिष्ट्रारका साथै शिखर इन्स्योरेन्सका विभिन्न शाखामा दरखास्त दिन सक्ने छन् ।
ईक्रा नेपालले यस कम्पनीको शेयरलाई ईक्रा एनपि आईपिओ ग्रेड ३ को प्रमाण पत्र दिएको छ ।

प्रकाशित : १० मंसिर २०७२, बिहीबार ०६:५८