थलियो नेप्से ,साताको अन्तिम दिन दोहोरो अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

थलियो नेप्से ,साताको अन्तिम दिन दोहोरो अंकको गिरावट



काठमाडौ । साताको अन्तिम दिन विहिबार नेप्से परिसुचक दोहोरो अंकले घटेको छ । आज नेप्सेमा १२ दशमलब ४१ अंकको गिरावट आई १ हजार ४४ दशमलब ०१ बिन्दुमा आएर कारोबार बन्द भएको छ । क बर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलब ५४ अंकको गिरावट आई २ सय २५ दशमलब ३७ बिन्दुमा कारोबार बन्द भएको छ ।

भारतले गरेको अघोषत नाकाबन्दी र लामो समय सम्मको तराई बन्दको कारण देशको अर्थतन्त्र खुम्चिदैं गएको छ । नाकाबन्दीको कारण बैंकिङ्ग क्षेत्र, शिक्षा क्षेत्र, जलविद्यत क्षेत्र, शेयर बजार र अन्य क्षेत्रमा पनि नराम्रो असर परेको  छ । संविधान घोषण भए यता शेयर बजारमा ह्रास आएको छ ।

आज १ सय १४ कम्पनीको २ हजार ६ सय २० वटा कारोबारबाट ५ लाख ८४ हजार १४ कित्ता शेयरहरु खरिद बिक्रि भएका छन् भने ३३ करोड ३० लाख २१ हजार ७ सय २८ रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ ।

कारोबार रकमको आधारमा नेपाल लाईफ इन्स्योरेस कम्पनीले ४ करोड २५ लाख ८ हजार रुपैयाँ, नबिल बैंकको प्रमोटर शेयरको २ करोड ३ लाख ९२ हजार रुपैयाँ र एभरेष्ट बैंकको १ करोड ९३ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ भने शेयर संख्याको आधारमा नबिल ब्यालेन्स फण्ड १ को ३२ हजार कित्ता शेयर खरिद बिक्रि भएको छ । कारोबार संख्याको आधारमा अपि हाईड्रो पाबरको ७ सय ७९ पटक कारोबार भयो ।

आज सबै उपपरिसुचकहरु घटेका छन् । बैंकिङ्ग समुह १ दशमलव ४५ प्रतिशत, विकास बैंक समुह शुन्य दशमलव ८१ प्रतिशत, फाइनान्स समुह शुन्य दशमलव ५८ प्रतिशत, बिमा समुह १ दशमलव ४६ प्रतिशत, हाइड्रो समुह १ दशमलव ८३ प्रतिशत, होटल समुह शुन्य दशमलव २२ प्रतिशतले घटेको छ  भने अन्य समुहमा कुनै परिर्वतन देखिएन ।

आज सर्वाधिक कमाउने मध्ये नेपाल ग्रामीण विकास बैंक, मिरमिरे माईक्रो फाईनान्स र इन्टरनेशनल डेभलपमेन्ट बैंकका लगानीकर्ताहरु रहेका छन् भने सर्वाधिक गुमाउने मध्ये एस डेभलपमेन्ट बैंक, राप्तीभेरी विकास बैंक र नेपाल क्रेडिट एण्ड कर्मस बैंकका लगानीकर्ताहरु रहेका छन् ।

प्रकाशित : १० मंसिर २०७२, बिहीबार ११:३५