चीनको महत्वाकाँक्षी योजना ‘उर्जा सिल्करोड’ मा अव नेपाल पनि समावेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चीनको महत्वाकाँक्षी योजना ‘उर्जा सिल्करोड’ मा अव नेपाल पनि समावेश



काठमाडौं । भारतले नाकाबन्दी लगाएर नेपालको घाँटी अठ्ठाइरहेको समयमा चीनले भने आफ्नो विशाल उर्जा परियोजनामा नेपाललाई पनि समावेश गर्ने जानकारी गराएको छ ।

पाकिस्तान सहित मध्य एसियाली देशहरु जोड्ने भनिएको चीनको महत्वाकाँक्षी ‘पावर सिल्करोड’ अर्थात उर्जा परियोजनामा अव नेपाल पनि अटाएको जानकारी चिनियाँ अधिकारीहरुले गरेका छन् ।
अव चीनको यो विशाल परियोजनामा नेपाल पनि जोडिने भएको छ । चिनियाँ समाचार समिति सिन्हवाका अनुसार सिल्क रोडको मुख्य आर्थिक क्षेत्र सिन्झ्याङ्मा २०२० भित्र विद्युत प्रसारण लाइन बनिसक्ने छ ।

यो नेटवर्क नेपाल सम्म पनि जोडिने छ । चीनले विश्वभरी नै यस्तो उर्जा सञ्जाल बनाउन चाहेको छ ।
इन्धनका गाडी बिस्थापित गर्न नेपाललाई चीनको यस्तो प्रस्ताव

चीनको योजना सफल भएमा एसियाको उर्जा संकट सहजै टर्ने छ । यस अघी नेपालले आफूलाई पनि पावर सिल्करोडमा जोडन आग्रह गर्दै आएको थियो । चीनले नेपालले चरम उर्जा संकट र इन्धन संकट झेलिरहेको समयमा नेपाललाई पनि समावेश गर्ने जानकारी गराएको हो ।

प्रकाशित : ११ मंसिर २०७२, शुक्रबार १२:५३