एनसीसीमा राष्ट्रिय स्तरका चार विकास बैंक गाभिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनसीसीमा राष्ट्रिय स्तरका चार विकास बैंक गाभिने



काठमाडौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. (एनसीसी)मा राष्ट्रिय स्तरका चार विकास बैंकहरु गाभिने भएका छन् । गाभिने बैंकहरुमा इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंक लि., एपेक्स डेभलपमेण्ट बैंक लि., इण्टरनेसनल डेभलपमेण्ट बैंक लि. र सुप्रिम डेभलपमेण्ट बैंक लि. रहेका छन् ।

हिजो मंसिर ११ गते शुक्रबार बैंकहरुबीच गाभिन सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमतिमा एनसीसी बैंकका व्यवस्थापन समितिका संयोजक लक्ष्मीप्रपन्न निरौला, इन्फ्रास्ट्रक्चरका अध्यक्ष ईमानसिंह लामा, एपेक्सका अध्यक्ष विष्णु प्रसाद धिताल, सुप्रिमका अध्यक्ष चन्द्र प्रसाद वास्तोला र इण्टरनेसनलका अध्यक्ष माधव प्रसाद भट्टले हस्ताक्षर गरेका छन् ।

एनसीसीको २०७२ आषाढ मसान्तसम्मको चुक्तापूँजी २ अर्ब दुई करोड रुपैयाँ छ भने चार विकास बैंकलाई आफुमा गाभिएपछि ५अर्ब ३ करोड ८३ लाख रुपैयाँ पुग्नेछ । भने निक्षेप  ४७ अर्ब ७० करोड रुपैंया पुग्नेछ । साथै बैंकको कर्जा लगानी ३७ अर्ब ८१ करोड पुग्नेछ ।

एनसीसीसँग गाभिने चार वटा विकास बैंकमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी इन्फ्रास्ट्रक्चर बैंकसँग ८२ करोड ७५ लाख चुक्ता पूँजी छ भने सुप्रिम डेभलपमेन्ट बैंकको ८१ करोड १६ लाख, इन्टरनेशनल डेभलपमेन्ट बैंकको ७० करोड ४ लाख तथा एपेक्स डेभलपमेन्ट बैंकको ६६ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले वाणिज्य बैंकहरुको चुक्ता पुँजी २ र्अब रुपैयाँबाट बढाएर ८ अर्ब रुपैयाँ र्पुयाउने व्यवस्था गरेसँगै बैंकहरुले मर्जरलाई जोड दिएका हुन्।

प्रकाशित : १२ मंसिर २०७२, शनिबार ०९:४८