प्रभु र नेष्डोबीच रेमिट्यान्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रभु र नेष्डोबीच रेमिट्यान्स सम्झौता



काठमाडौ । प्रभु मनि ट्रान्स्फर र राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था (नेष्डो) नेपालबीच रेमिटेन्स सम्झौता भएको छ ।

सम्झौतामा प्रभु मनि ट्रान्स्फरका नायव महाप्रवन्धक रामेश्वर सापकोटा र नेष्डो नेपालका योजना प्रमुख युधिष्ठिर भुसालले हस्ताक्षर गरे ।

पर्वतको कुस्मामा प्रधान कार्यायल रहेको नेष्डो नेपालले पर्वत, कास्की, स्याङ्जा, पाल्पा, तनहु गोरखा, लमजुङ, चिनवन, नवलपरासी र वाग्लुङ जिल्लामा ४३ वटा शाखाबाट रेमिट्यान्स सेवा प्रदान गर्नेछ ।

ग्रामीण भेगका ग्राहकहरुलाई लक्षित गरी कम्पनीले सेवा विस्तार गरेको जनाएको छ । नेष्डो नेपालसँगको समझौता पछि विभिन्न जिल्लाका ग्रामीण भेगका नागरिकले सजिलो रुपमा रेमिटेन्स सेवा उपभोग गर्न सक्ने सापकोटाले बताए ।

प्रकाशित : १६ मंसिर २०७२, बुधबार १३:२८