नाकाबन्दी र मधेस बन्दले पुर्वाञ्चलका उद्योगमा सोह्र अर्ब नोक्सान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नाकाबन्दी र मधेस बन्दले पुर्वाञ्चलका उद्योगमा सोह्र अर्ब नोक्सान



money2-390x293विराटनगर  । मधेसी मोर्चाको तीन महिनाभन्दा बढीको बन्द र भारतको अघोषित नाकाबन्दीका कारण पूर्वाञ्चलमा रु १५ अर्ब ९५ करोड ४७ लाखको नोक्सान भएको प्रतिवेदन सार्वजनिक गरिएको छ । उद्योग सङ्गठन मोरङले विहिबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी बन्द नाकाबन्दीका कारण पूर्वाञ्चलमा रु २५ लाखदेखि रु ३० लाख पूँजी भएका उद्योगले रु दुई खर्ब ५२ अर्ब लागानी गरेका छन् ।

ती उद्योगीले बन्दको अवधिमा बंैकलाई मात्रै रु आठ अर्ब ब्याज बुझाउनुपरेको छ । त्यस्तै छुट्टै रु एक खर्बको लागानीमा सञ्चालित उद्योगले रु तीन अर्ब ५० करोड बंैकको ब्याज सहनुपरेको छ । तीन महिनाभन्दा बढिको बन्दमा विद्युत् अडिट शुल्क रु। तीन करोड ४५ लाख तिर्नुपरेको जनाइएको छ ।

उद्योग सगठन मोरङका अध्यक्ष शिवशङ्कर अग्रबालले बन्दले अधिकांश उद्योग घाटामा गएको र कतिपय उद्योग चलाउनै नसक्ने गरी बन्द भएको बताए । उनका अनुसार विराटनगर र काँकडभिट्टा नाकाबाट कच्चा पदार्थ दैनिक सातसय मालवाहक सवारी आउने गरेका थिए । ती मालवाहक सवारी साधन नेपाल भित्रिन नपाउँदा दैनिक रु ७० करोड नोक्सान भएको छ ।

प्रतिवेदनअनुसार पूर्वाञ्चलमा सञ्चालित उद्योगमा काम गर्दै आएका ५० हजार मजदूरलाई दैनिक पाँचसयका दरले ज्याला तिर्नुपर्दा रु दुई अर्ब ६५ हजार सकिने गरेको छ । त्यस्तै भारतबाट विभिन्न कच्चा पदार्थ आयात हुँदा भारतमा थन्किएका सामग्रीको विलम्ब शुल्कमात्र रु २३ करोड ४६ लाख तिनुपरेको उल्लेख छ ।

पूर्वीमा साना र ठूला गरेर आठदेखि नौ हजारको हाराहारीमा उद्योग सञ्चालनमा छन् । जसमध्ये तीन हजार उद्योगले भारतबाट कच्चा पदार्थ आयात गर्दै आएका थिए ।

प्रकाशित : १९ मंसिर २०७२, शनिबार १६:३५