माघ १ देखि अनिवार्य डिम्याट कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

माघ १ देखि अनिवार्य डिम्याट कारोबार



काठमाडौं। माघ १ गतेदेखि सबै कम्पनीको सेयर अभौतिक (डिम्याट)बाट कारोबार मात्रै हुने भएको छ । हाल केही कम्पनीको सेयर मात्रै डिम्याट कारोबार हुने गरेकोमा  अब सबै कम्पनीको सेयर अनिवार्य डिम्याट कारोबार गर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको  छ ।

बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले नेपाली पुँजीबजारलाई पुर्णरुपमा डिजिटल बनाउने धेरै अघिदेखीको प्रयास भएपनि कतिपय अवस्थामा सरकोकारवाला पक्षहरुको कमजोरीको कारण यसो हुन नसकेको भन्दै आगामी पौष मसान्त सम्ममा बाँकी रहेका सुचीकृत कम्पनीहरुले अनिबार्य डिम्याटमा दर्ता हुनुपर्ने र माघ १ गतेबाट डिम्याटबाट मात्र कारोबार गर्नुपर्ने जनाए । उनले यदी कम्पनीहरुले यसको अटेरी गरेमा त्यस्ता कम्पनीमाथी कार्बाही गरिने पनि जनाए ।

नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक सिताराम थपलियाले हाल केही कम्पनीको मात्रै डिम्याट कारोबार भएको भएपनि अब भने अनिवार्य रुपमा सबैको डिम्याट कारोबार हुने बताए । उनले अनिवार्य रुपमा डिम्याट कारोबार गर्न सरोकारवाला सबै पक्षसँगको छलफल पछि मात्रै अनिवार्य डिम्याट कार्यान्वयनमा ल्याइएको जानकारी दिए ।

त्यस्तै ब्रोकर एसोसिएसनका निवर्तमान अध्यक्ष नरेन्द्र सिजापतिले सबै कारोबार विद्युतीय माध्यमबाट हुने भएकाले प्रक्रिया पनि छिटो र सरल हुने बताए ।

४०३ सूचीकृत कम्पनीमध्ये अहिलेसम्म १२० वटा कम्पनीको मात्रै डिम्याट कारोबार भइरहेको छ । अहिले नेपाल बैंकबाहेक सबै वाणिज्य बैंक तथा केही बीमा कम्पनी, विकास बैंक, वित्त कम्पनीको सेयर डिम्याट कारोबार भइरहेको छ ।

यसअघि स्टक एक्सचेन्जले निर्देशन दिएको आधारमा कम्पनीको डिम्याट कारोबार हुँदै आएकोमा अब भने नियामक निकायले नै यसलाई कार्यान्वयनको पहल थालेको हो । सिडिएस एन्ड क्लिएरिङ लिमिटेडले डिम्याट कारोबार गराउँदै आएको छ । डिम्याट कारोबार सुरु भएपछि सेयरधनीसँग आफूले सेयर खरीद गरेको प्रमाणपत्र हुने छैन ।

प्रकाशित : २० मंसिर २०७२, आईतवार ११:५९