प्राइम बैंकको १९ प्रतिशत लाभांश प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्राइम बैंकको १९ प्रतिशत लाभांश प्रस्ताव



काठमाडौ । प्राइम कमर्सियल बैंकको २५८ औ संचालक समितिको बैठकबाट चुक्ता पुँजीको १८ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि करिब शुन्य दशमलव ९५ प्रतिशत नगद लाभांश गरि कुल १८ दशमलव ९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ  । प्रस्ताबित बोनस शेयर पारित भए पश्चात बैकको चुक्ता पूँजी ३ अर्ब ७० करोड ५२ लाख रुपैयाँ पुग्नेछ ।

सो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएमा र कम्पनीको साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई प्रस्ताव बमोजिमको लाभांश वितरण गरिने छ ।

बैंकले चालु आर्थिक बर्षमा २२ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । त्यसै गरि बैंकले चालु आर्थिक बर्षमा निक्षेपमा २० दशमलव ५९ प्रतिशतले वृद्धि गरी ४१ अर्ब ४० करोड रुपैयाँ र कर्जा तर्फ २४ दशमलव ६१ प्रतिशत वृद्धि गरी ३२ अर्ब ८२ करोड रुपैयाँ पुर्याएको छ । निस्क्रिय कर्जा १ दशमलव ७२ प्रतिशत, जोखिम युक्त सम्पति १२ दशमलव ३५, प्रतिशेय आम्दानी २८ दशमलव १ रुपैयाँ र मुल्य आम्दानीको अनुपात २१ दशमलव ३२ गुणा रहेको छ ।

गत वर्ष बैंकले १९ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि करिब १ प्रतिशत नगद लाभांश गरि कुल १९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रकाशित : २० मंसिर २०७२, आईतवार १२:०१