नेप्से ३० अंकले वृद्धि, ३५ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्से ३० अंकले वृद्धि, ३५ करोडको कारोबार



काठमाडौ । साताको पहिलो दिन नेप्से परिसूचक २९ दशमलव ९० अंकले वृद्धिभई १ हजार १ सय २ दशमलव ८४ अंकको बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । ‘क’ वर्गका कम्पनीहरु मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६ दशमलव  ५६ अंकले वृद्धि भएर २ सय ३८ दशमलव ३० अंकको बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । बजारको सुरुवातकोे समयमा केही अंकले बढेको नेप्से, १ बजेको समयमा ११ दशमलव १८ अँकले घटेर फेरि बजार २९ दशमलव ९० अंकले बढेको हो ।

आज १ सय १५ वटा कम्पनीहरुको २ हजार ९ सय वटा कारोबारबाट ५ लाख १६ हजार ८ सय २० कित्ता शेयरहरु खरिद बिक्रि भएका छन् । आज नेप्से बजारमा ३५ करोड ६५ लाख १० हजार १ सय ८४ रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ । कारोबार रकमको आधारमा आज सबैभन्दा अगाडी ग्लोबल आइएमी बैंक रहेको छ जसको ३ करोड १० लाख ६२ हजार १ सय ९१ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी कारोबार रकमकै आधारमा  दोस्रो स्थानमा एनआईसि एशिया बैंक रहेको छ जसको २ करोड ४ लाख ७८ हजार ५ सय ८६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सुमित माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको लगानीकर्ताहरुले आफ्नो शेयरको मुल्यमा सर्वाधिक १० प्रतिशतले कमाएका छन् । त्यसैगरी नेपाल ग्रामीण विकास बैंकको शेयरको १० प्रतिशतले, नागबेलि लधुवित्त बिकास बैंकको शेयरको ९ दशमलव ९९ प्रतिशतले, शिखर इन्स्योरेन्सको ९ दशमलव ९२ प्रतिशतले र वेस्र्टन डेभलपमेन्ट बैंकको शेयरको मूल्यमा ९ दशमलव २९ प्रतिशतले वृद्धि भएको छ ।

आज मुल्यमा सर्वाधिक गुमाउने अरनिको डेभलपमेन्ट रहेको छ जसले आफ्नो शेयरको मुल्यमा ६ दशमलव ४८ प्रतिशतले गुमाएको छ । साथसाथै राप्तीभेरीको ३ दशमलव ७४ प्रतिशतले, अरुण भ्याली हाइड्रोको ३ दशमलव ५७ प्रतिशतले र सुर्य लाइफ इन्स्योरेनशको १ दशमलव ९९ प्रतिशतले मुल्यमा गिरावट आएको छ ।

भारतको निजी भ्रमणको क्रममा उपप्रधानमन्त्री कमल थापा र भारतीय विदेशमन्त्री बीचको भेटवार्तापछि केहि दिनमा परिणाम निस्कने खालको सकरात्मक खबरहरु सार्वजनिक भएपछि नेप्से उकालो लागेको हो ।

प्रकाशित : २० मंसिर २०७२, आईतवार १२:०६